Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • चिनियाँ राजदूत नेकपा नेताहरूसँगकाे भेटघाटमा सक्रिय

    चिनियाँ राजदूत नेकपा नेताहरूसँगकाे भेटघाटमा सक्रिय

    अनलाइन नेपाल
  • शुक्रबार, १९ बैशाख २०७७
  • 2.5K
    SHARES

    काठमाडौं। कोरोना संक्रमण र लकडाउनको यथास्थितिमाझ राजदूत याङछीले शुक्रबार बिहान मात्रै नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेकी थिइन् ।

    नेकपा अन्तर्राष्ट्रिय विभाग उपप्रमुख विष्णु रिजालका अनुसार दुवै नेतासँग राजदूत याङ्छीले उनीहरुकै निवासमा छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन् । भेटमा दुई देशबीचको घनिष्ठ सम्बन्धका विविध पक्षबारे कुराकानी भएको रिजालले जानकारी दिए ।



    नेपाल कम्युनिष्ट पार्टीभित्र विकसित राजनीतिक घटनाक्रम र अध्यक्ष तथा प्रधानमन्त्री ओलीका बिरुद्ध मोर्चाबन्दी भइरहेको बेला चिनियाँ राजदूत होउ यांछीले पछिल्लाे समय नेतारुहरुसँगको भेटघाटलाई बाक्लो बनाएकी छन्



    भेटका अवसरमा दुई देशबीचको घनिष्ठ सम्बन्धका विविध पक्षका बारेमा कुराकानी भएको बताइएको छ । तर नेकपाभित्र विवाद उत्कर्षमा पुगेको र सरकारबाट प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने पक्षमा अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता नेपालहरु अडिग रहेकै बेला राजदूत यान्छीको भेटघाटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

    कोरोना संक्रमणमाझ आवश्यक मेडिकल सामग्रीको अभाव बेहोरिरहेको नेपाललाई चिनियाँ पक्षले गर्ने निरन्तरको सहयोग र उपचार पद्धतिमा पुर्याउन सक्ने सहयोगकाबारे राजदूत याङ्छीले प्रतिबद्धता जनाएकी थिइन् ।

    यसैगरी, नेकपा अन्तर्राष्ट्रिय विभागको प्रमुखको हैसियतमा गत बुधबार पूर्वप्रधानमन्त्री नेपालले चिनियाँ अन्तर्राष्ट्रिय पार्टीका समकक्षी सङ् ताओसँग कोभिड–१९ को चुनौतीमाझ सामना र सहकार्यबारे २ घण्टा लामो भिडियो कन्फरेन्स गरेका थिए । नेता नेपालको फेसबुक पेजअनुसार उक्त कन्फरेन्समा उपप्रधानमन्त्री ईश्वर पोखरेल र पार्टीको प्रदेश इन्चार्जहरूसमेत उपस्थित थिए।

    यसअघि एमसीसी पारित गर्ने बिषयले चीन चिढिएको भन्ने चर्चा भइरहेको परिप्रेक्ष्यमा प्रचण्ड र माधव नेपालसँगको भेटघाटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार