Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • क्वारेन्टाइनभित्रै युवाले गरे आत्महत्या

    क्वारेन्टाइनभित्रै युवाले गरे आत्महत्या

    अनलाइन नेपाल
  • शुक्रबार, १९ बैशाख २०७७
  • 2.9K
    SHARES

    उदयपुर। उदयपुरमा क्वारेन्टाइनमै एक युवाले आत्माहत्या गरेका छन् । रौतामाई गाउँपालिका-७ गुराँसेका सुमन विकले बिहीबार राती आत्माहत्या गरेका हुन् । श्रीमतीसहित जनता क्याम्पस रौतामाई ७ राजाबास क्वारेन्टनाइनमा बस्दै आएका १८ वर्षीय सुमन विकले झुण्डिएर आत्महत्या गरेका हुन्।

    श्रीमतीसँग एउटै कोठामा बसेका विकले राती श्रीमती सुतिसकेपछि सलमा पासो लागि आत्महत्या गरेको प्रहरीले जनाएको छ। आत्महत्या गर्नुको कारणले खुलि नसकेको जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर बुढामगरले जानकारी दिए ।



    क्वारेन्टाइनमा रहेका अन्य व्यक्तिले भने उनीहरुबीच नियमित झगडा हुँदै आएको जानकारी दिएको एसपी बुढामगरले जानकारी दिए। क्याम्पसको क्वारेन्टाइनमा कोरोना गाउँपालिकाले ८ जनालाई राखेको गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए।



    उनका अनुसार प्रेम विवाह गरी काठमाडौं पुगेका विक यही बैशाख ११ गते घर फर्किएपछि क्वारेन्टाइनमा राखिएको थियाे।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार