Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • कपिलवस्तुमा वडाध्यक्षलाई लक्षित गरी गोली प्रहार

    कपिलवस्तुमा वडाध्यक्षलाई लक्षित गरी गोली प्रहार

    अनलाइन नेपाल
  • शुक्रबार, १९ बैशाख २०७७
  • 2.9K
    SHARES

    फाइल फोटो

    कपिलवस्तु । कपिलवस्तुमा एक वडाध्यक्षलाई लक्षित गरी गोली प्रहार भएकाे छ। यशोधरा गाउँपालिका वडा नं. ८ का अध्यक्ष सहाबुद्दिन मुसलमानलाई लक्षित गरी गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

    राति साढे १ बजेतिर दुई जना व्यक्ति आएर उनी पहिले सुतेको भुइतलाको ओछ्यानमा २ राउण्ड फायर गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपशमशेर राणाले बताए । त्यसपछि ओछ्यानबाट कुनै प्रतिक्रिया नआएपछि भित्तामा दुई राउण्ड प्रहार गरेर फरार भएको उनले बताए ।



    बिहीबार राति साढे १ बजेतिर वडाध्यक्ष सुतेको खाटलाई लक्षित गरी गोली प्रहार गरिएको थियो । तर उनी उक्त खाटमा नसुतेका कारण बाचेका छन् । उनलाई गोली लागेको छैन् ।
    घटना संलग्न रहेको आशंकामा गाउँकै मोहम्मद हुसेन मुसलमानलाई प्रहरीले पक्राउ समेत गरेको छ भने अर्का भुलन पासी फरार रहेका छन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार