Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • आतंकबादीलाई कारबाही गर्न असक्षम पाकिस्तान

    आतंकबादीलाई कारबाही गर्न असक्षम पाकिस्तान

    अनलाइन नेपाल
  • शुक्रबार, १९ बैशाख २०७७
  • 2.2K
    SHARES

    एजेन्सी : इमरान खानको नेतृत्वमा रहेको पाकिस्तान सरकारले हालसालै आफ्नो निगरानी सुचीबाट संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पहिचान गरेको आतंकबादीहरुसहित लगभग ४ हजार आतंकबादीको नाम हटाएको छ I

    पाकिस्तान सरकारले आतंकबादीको नाम हटाएर उनीहरूको सम्पत्ति कब्जा हुनबाट बचाउन कोशिस गरिरहेको आरोप लागेको छ। पाकिस्तान सरकारको सुची ७ हजार २ सय जना आतंकबादीहरूकाे नाम थियो |



    यता सुरक्षा परिषदको अनुगमन समितिको भ्रमणरत टोलीलाई पाकिस्तानले भन्याे,’संयुक्त राष्ट्र संघको प्यानलले अपर्याप्त जानकारी दिएकाले आफ्नो निगरानी सूचीमा सूचीकृत धेरै व्यक्तिविरूद्ध कारबाही गर्न पाकिस्तान असक्षम छ। सुरक्षा परिषदको को १ हजार २ सय ६७ जनाको सूचिमा एक सय ३० जना पाकिस्तानी आतंकबादीहरूको नाम छ।



    यद्यपि पाकिस्तानले सुचीमा भएको १९ जनालाई मात्र आतंककारी रहेको स्वीकार गरेको छ जसमा लश्कर-ए-तैयबा नेता हाफिज सईद पनि छन्। यसअघि पाकिस्तानले २०१३ देखि नै संयुक्त राष्ट्रसंघको रेकर्डमा उल्लेख गरिएको आतंकवादी समूह लश्कर-ए-झांगवीका प्रमुख परिचालक कमाण्डर मतिउर रहमानलगायत छ जना आतंककारीहरूको नाम हटाउन अनुरोध गरेको थियो।

    संयुक्त राष्ट्रसंघको अनुगमन टोली गत महिना नै पाकिस्तान आएको थियो । सरकारले सो टोलीलाई संयुक्त राष्ट्रले आतंकवादीहरुको जन्म मिति, राष्ट्रियता, राष्ट्रिय परिचयपत्र नम्बर, राहदानी नम्बर वा अन्य कुनै ठेगाना उपलब्ध नगराएकोले आतंकबादीहरुको नाम सुचीबाट हटाईएको बताएको छ । पाकिस्तानले यो बहानामा ती आतंकबादीहरुको नाम घेरलु सुचीबाट मात्र नभई संयुक्त राष्ट्रसंघको सुचीबाट पनि हटाउन खोजेको देखिन्छ I पाकिस्तानले आतंकबादीहरुलाई कारबाहि गर्न पटक पटक प्रतिबद्दता जनाएपनि कार्यान्वयनमा भने खासै ध्यान दिने नगरेको आरोप लाग्दै आएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार