Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • रिर्पोट नेगेटिभ आएपछि सिलबन्दी खोल्ने तयारी

    रिर्पोट नेगेटिभ आएपछि सिलबन्दी खोल्ने तयारी

    अनलाइन नेपाल
  • शुक्रबार, १९ बैशाख २०७७
  • 1.8K
    SHARES

    झापा । झापा कोरोना भाइरस पोजेटिट देखिएका उनका सबै परिवारमा कोरोना नेगेटिभ आएको छ । बाह्रदशी गाउँपालिका-४ का ५० वर्षीयमा कोरोना भाइरस पोजेटिट देखिएपछि उनका सबै परिवारमा गरिएकाे परीक्षणमा कोरोना नेगेटिभ आएको हाे । ढेड महिना अघि भारतबाट आएका यी व्यक्तिलाई कोरोना संक्रमण देखिएछि संक्रमित व्यक्ति घुलमिल भएका ४ ५ र ३ नम्बर वडामा सिल गरिएको थियो ।

    संक्रमित व्यक्ति भने विराटनगरको कोसी अस्पतालमा उपचाररत छन्। उनका परिवारका अनुसार संक्रमित भनिएका व्यक्तिको स्वास्थ्य सामान्य रहेको र भाइरस टेष्टमा नेगेटिभ रिर्पोट आइरहेको जनाएको छ । यसभन्दा पहिला पनि तीन पटकको परिक्षणमा मात्र उनमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । गत बैशाख १३ गते परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ आएपछि थप उपचारका लागि अस्पताल लगिएको थियो ।



    यता, संक्रमितसँग सम्पर्कमा आएका र गाउँपालिकामा परिक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएकाले सिलबन्दी शुक्रबारदेखि खोल्ने तयारी भइरहेको बताइएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार