Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • रोल्पामा बम बिस्फोट, ४ बालबालिकाको मृत्यु

    रोल्पामा बम बिस्फोट, ४ बालबालिकाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १८ बैशाख २०७७
  • 2.5K
    SHARES

    रोल्पा । बाख्रा चराएर घर फर्किरहेका चार बालबालिकाको बम बिस्फोटमा परि मृत्‍यु भएको छ। मृत्यु हुनेहरुमा ५ वर्षीय विजय खत्री, ११ वर्षीया विमला खत्री, ११ वर्षीय गौरव नेपाली र १३ वर्षीय नेखीराम छन् ।

    बेबारिसे बम खेलाउँदा खेलाउँदै बालबालिकाको मृत्यु भएको सुचना प्रहरीले पाएपछि प्रदेश ५ प्रहरी कार्यालयले अनुसन्धान टोली खटाएको प्रदेश प्रहरु प्रमुख डिआईजी रविन्द्र धानुकले वताए।



    जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँमा बुधबार बेलुका बालबालिकाले नचिनेर पुरानो बम खेलाउने क्रममा विष्फोट भएको प्रहरी स्रोतले वतायो।



    पुरानो  अर्थात बेवारिसे बम कहाँ र कसले फालेको भन्ने बारेमा  प्रहरीले अनुसन्धान थालेको छ।  घटनास्थलमा प्रहरी पुगेको छ भने सेनाको डिस्पोजल टोली त्यहाँ पुगेपछि मात्रै शव उठाइने प्रहरीले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार