Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • पत्रकारमाथि भएको दुर्व्यवहारबारे महासंघको ध्यानाकर्षण

    पत्रकारमाथि भएको दुर्व्यवहारबारे महासंघको ध्यानाकर्षण

    अनलाइन नेपाल
  • बिहिबार, १८ बैशाख २०७७
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकार केशव जोशीमाथि प्रहरीद्वारा गरिएको दुर्व्यवहारको  निन्दा गरेको छ । महासंघका महासचिव रमेश विष्टले आज एक विज्ञप्ति जारी गर्दै प्रहरीले दुर्व्यवहार गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

    महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पेसागत धर्म निर्वाहमा जुटेका पत्रकारमाथि प्रहरीबाट भएको यस किसिमको ज्यादतिले प्रेस स्वतन्त्रतामा आघात पुगेका महासंघको ठहर छ । महासंघ प्रेस स्वतन्त्रताको सम्मान गर्न र यस्ता कार्य नदोर्‍याउन सम्बन्धित निकायसँग माग गर्छ ।”



    नयाँ बानेश्वरमा भिडियो खिच्ने क्रममा प्रहरीले जोशीको परिचयपत्र खोसेर दुर्व्यवहार गरेका थिए । केशव जोशी बाह्रखरी अनलाइनमा कार्यरत छन्। त्यस्तै चितवनका पत्रकार सुबाश पन्डितलाई समाचार लेखेकै आधारमा दिइएको धम्कीप्रति पनि महासंघले बिरोध जनाएको छ।



    कोरोना भाइरस (कोभिड १९) को उच्च संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा सम्भावित जोखिमको ख्याल नगरी नागरिकलाई सुसूचित गराउने पेसागत धर्म निर्वाह गरिरहेका पत्रकारलाई सबै पक्षबाट सहज र सुरक्षित ढंगबाट काम गर्ने वातावरण बनाउने कार्यमा सघाउन महासंघले आग्रह गरेको छ ।

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार