Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अदालतबाट छुट्नेवित्तिकै किन पक्राउ परे सुलभ अग्रवाल?

    अदालतबाट छुट्नेवित्तिकै किन पक्राउ परे सुलभ अग्रवाल?

    अनलाइन नेपाल
  • बिहिबार, १८ बैशाख २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा गत चैत २५ गते पक्राउ परेका सुलभ अग्रवाल काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर छुट्ने वित्तिकै पक्राउ परेका छन् ।

    उनीमाथि सम्पत्ति शुद्धिकरणसम्बन्धी विषयमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।



    थर्मल गन कालो बजारी गरेको आरोपको मुद्दामा अग्रवाललाई जिल्ला अदालत काठमाडौंले बिहीबार २५ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।



    अदालतमा धरौटी बुझाएर रिहा हुनेवित्तिकै उनलाई प्रहरीले पक्राउ गरी भेनमा राखेको थियो । उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग हरिहर भवनमा पठाइने छ।

    कोरोना भाइरसका कारण देश लकडाउनमा भएका बेला चीनबाट ल्याइएको थर्मोगनलाई बढी मूल्यमा बेचेपछि उनलाई प्रहरीले नक्सालबाट चैत २५ गते पक्राउ गरेको थियो । उनी ३ हजार पर्ने थर्मोगनलाई १५ हजारमा बेच्ने प्रयास गरेपछि प्रहरी नै ग्राहक बनेर जाँदा फन्दामा परेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार