Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • धरौटीमा छुटेलगत्तै शुलभ अग्रवाल पुनः पक्राउ

    धरौटीमा छुटेलगत्तै शुलभ अग्रवाल पुनः पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १८ बैशाख २०७७
  • 3K
    SHARES

    काठमाडौं । कालोबजारी गरेको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका व्यवसायी शुलभ अग्रवाल पुनः पक्राउ परेका छन् ।

    जिल्ला अदालत काठमाडौंमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । रिहा हुनेबित्तिकै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको हो।



    उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग हरिहर भवनमा पठाइने छ।



    कोरोना भाइरसका कारण देश लकडाउनमा भएका बेला चीनबाट ल्याइएको थर्मोगनलाई बढी मूल्यमा बेचेपछि उनलाई प्रहरीले नक्सालबाट चैत २५ गते पक्राउ गरेको थियो । उनि ३ हजार पर्ने थर्मोगनलाई १५ हजारमा बेच्ने प्रयास गरेपछि प्रहरी नै ग्राहक बनेर फन्दामा परेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार