Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • माल्दिभ्समा कोरोनाबाट पहिलो ब्यक्तिकाे मृत्यु

    माल्दिभ्समा कोरोनाबाट पहिलो ब्यक्तिकाे मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १८ बैशाख २०७७
  • 1.5K
    SHARES

    फाइल फोटो

    एजेन्सी। चीनकाे वुहानबाट सुरू भइ विश्वभर फैलिएकाे कोरोना भाइरसको संक्रमबाट दक्षिण एसियाली मुलुक माल्दिभ्समा पहिलो ब्यक्ति मृत्यु भएको छ । माल्दिभ्समा कोरोना भाइरसकाे चेपेटामा परेपछि उनकाे ज्यान गएकाे हाे।

    स्वास्थ्य विभागका अधिकारीहरूका अनुसार कोरोना भाइरसका कारण ८३ वर्षीय १ महिलाको मृत्यु भएको हो । बुधबार अबेर राति मालेस्थित अस्पतालमा भर्ना गरिएकी उनको मृत्यु भएको हो ।



    माल्दिभ्समा कोरोना भाइरसबाट २८० जना संक्रमित भइसकेका छन् । यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।



    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार