Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • इबोलाको औषधिले कोरोना ठिक हुने दाबी

    इबोलाको औषधिले कोरोना ठिक हुने दाबी

    अनलाइन नेपाल
  • बिहिबार, १८ बैशाख २०७७
  • 1.7K
    SHARES

    एजेन्सी। अमेरिकाले कोरोना संक्रमितको उपचारमा इबोलाको औषधिले ठिक हुने दाबी गरेको छ ।

    अमेरिकी नेशनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्शीयसका निर्देशक डाक्टर एन्थनी फाउचीले इबोलाको लागि बनाएको औषधि रेमडिसिवियरलाई गरिएको ट्रयालले १५ दिनमा ठिक हुने कोरोना संक्रमित ११ दिनमा ठिक भएको बताएका छन् ।



    यो औषधि एन्टी भाइरल औषधि हो । डाक्टर फाउचीले यो जादुई आँकडा नतिजा नभएपनि इबोलाको यो औषधिले कोरोना ठिक हुने प्रमाणित भएको दाबि गरेका छन् ।



    उनले यो अमेरिकाबाहेक कैयौं देशमा प्रयोग गरेको बताइएको छ । यस औषधिका बारेमा चीनको एक मेडिकल जर्नलमा भने यो औषधिले कोरोना रोक्न सफल नभएको दाबी गरिएको थियो।

    यस्तो दाबी गरिएको बेला अमेरिकाले भने इबोलाको औषधिले कोरोना निको हुने दाबी गरेपछि अहिले महामारी बनेको कोरोना रोक्न यो अनुसन्धान सहायक हुने विश्वास बढेको छ । एजेन्सी

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार