Online Nepal
  • सोमबार, ९ असार २०८२
  • बानेश्‍वरमा ग्यास लिक भएर आगलागी, ३ घाइते

    बानेश्‍वरमा ग्यास लिक भएर आगलागी, ३ घाइते

    अनलाइन नेपाल
  • बिहिबार, १८ बैशाख २०७७
  • 2.8K
    SHARES

    काठमाडौँ — नयाँ बानेश्वरस्थित एक पसलमा ग्यास लिक भएर आगलागी हुँदा ३ जना घाइते भएका छन् । बुधबार राति ८ बजे नयाँ बानेश्‍वारस्थित देउराली क्लब नजिकैको ग्यास पसलमा आगलागी हुँदा ३ जना घाइते भएको महानगरीय प्रहरी वृत बानेश्‍वरका डीएसपी दुर्गा रेग्मीले बताए ।

    घाइतेहरुको अवस्था सामान्य रहेको र उनीहरुको सिभिल अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।



    आगलागीबाट पसल अगाडि पार्किङ गरेर राखिएको बा ७१ प ७४१ नम्बरको स्कुटर जलेको छ ।

    डीएसपी रेग्मीले भने,’ग्यास पसलभित्रको कुनै सिलिन्डरबाट ग्यास लिक भएको रहेछ । सटर बन्द हुँदा लिक भएको ग्यास बाहिर निस्कन नपाउँदा अत्याधिक चापका कारण सटर पनि भत्किएको देखिन्छ ।’

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार