Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • प्रधानमन्त्री ओलीकाे सरप्राइजले नेकपाका शीर्ष नेताहरू दंग

    प्रधानमन्त्री ओलीकाे सरप्राइजले नेकपाका शीर्ष नेताहरू दंग

    अनलाइन नेपाल
  • बिहिबार, १८ बैशाख २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको बुधबार बसेकाे सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सरप्राइज दिएपछि नेताहरु अन्योलमा परेका छन् । पार्टी विधान परिवर्तन गरेर पार्टी उपाध्यक्षको जिम्मेवारी पाइसकेका बामदेव गौतमलाई भावी प्रधानमन्त्रीको रुपमा ओलीले अघि सारेपछि नेताहरूलाई सरप्राईज भएको हो ।

    प्रधानमन्त्री कै कारण सचिवालयले सिफारिस गरेर पनि उनी राष्ट्रिय सभासदस्य समेत हुन पाएका छैनन् । एक त उनी संघीय संसदको सदस्य छैनन् भने राष्ट्रिय सभाको सदस्य भएपनि संविधान संसोधन नगरी प्रधानमन्त्री बन्ने बाटो बन्द छ । संविधान संशोधनमा २ तिहाइ चाहिन्छ । नेकपा नेचाहरूले यसलाई बेमौसमी डम्फू भनेका छन् ।



    बामदेव कमरेडलाई प्रधानमन्त्री बनाउन सकिने कुरा प्रधानमन्त्रीले राख्नु भयो रे´ नेकपाका एक स्थायी कमिटी सदस्य भन्छन् `मैले भनेको मान्छेलाई दिदाँ छोड्न तयार छू भन्ने सन्देश दिन र नेताहरूलाई अलमलाउने प्रयास मात्रै हो यो´ उनले भने ।



    ओलीले प्रधानमन्त्रीको लागि गा‌ैतम र अध्यक्षको लागि माधव नेपाल ल्याउन सकिने राय राखेपछि थप छलफल गर्न २० व‌ैशाखमा बैठक डाकिएको छ । तत्कालीन बामगठबन्धनको तर्फबाट साझा उम्मेदवारका रूपमा बर्दिया–१ बाट चुनाव लडेका गौतम कांग्रेस नेता सञ्जय गौतमसँग पराजित भएका थिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार