Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • कोरोना संक्रमण सकिएपछि ओलीले राजीनामा दिने

    सांसद नै नरहेका वामदेव गौतमलाई प्रधानमन्‍त्री बनाउने ओलीको प्रस्ताब

    सांसद नै नरहेका वामदेव गौतमलाई प्रधानमन्‍त्री बनाउने ओलीको प्रस्ताब

    अनलाइन नेपाल
  • बुधबार, १७ बैशाख २०७७
  • 3.6K
    SHARES

    काठमाडौं। पार्टीभित्र र बाहिर चौतर्फी आलोचना खेपिरहेका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नयाँ अस्त्र प्रयोग गर्न लागेका छन्।

    बुधबार प्रधानमन्‍त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि सबै अचम्मित बनेका छन् ।



    राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुने गरी संविधान संशोधन गर्न वा प्रतिनिधिसभाको कुनै एक सिट खाली गरेर पनि वामदेव गौतमलाई ल्याउन आफू तयार रहेको ओलीले वताएको स्रोतको भनाइ छ ।



    ओलीले कोरोना संक्रमण सकिएपछि आफूले राजीनामा दिने र गौतमलाई प्रधानमन्त्री बनाउने तथा माधवकुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव गरेका छन् ।

    नेकपामा अहिले ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’अध्यक्ष छन् । यसअघि गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने कोटामा राष्ट्रिय सभामा लैजाने नेकपाको निर्णय अलपत्र परेको थियो। गौतम बर्दिया–१ मा कांग्रेसका सञ्जय गौतमसँग सात सय ५३ मतले पराजित भएका थिए ।

    गौतमलाई ओली र प्रचण्डले रवीन्द्र अधिकारीको निधनपछि खाली भएको कास्की–२ मा चुनाव लड्न प्रस्ताव गरेका थिए ।

    तर, गौतमले अन्तर्घातको खतरा रहेको र चुनाव हारिने भन्दै आफू कास्की–२ बाट चुनाव नलड्ने सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए । त्यसपछि रविन्द्रकी श्रीमती विद्या भट्टराईलाई चुनावमा उठाएपछि उनले जितेकी थिइन।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार