Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • प्रधानमन्त्रीको राजीनामा नमाग्न अपिल

    प्रधानमन्त्रीको राजीनामा नमाग्न अपिल

    अनलाइन नेपाल
  • बुधबार, १७ बैशाख २०७७
  • 2K
    SHARES

    काठमाडौँ — ‘१० नागरिक’ को समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा नमाग्न सत्तारुढ नेकपाका नेताहरूलाई अपील गरेको छ । नेकपाभित्र प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर विवाद चर्किइरहेका बेला उक्त समूहले भने उनको राजीनामा नमाग्न नेताहरूलाई अपील गरेको हाे।

    बुधबार एक अपिल जारी गर्दै उक्त समूहले ओलीले जारी गरेका अध्यादेश फिर्ता लिएको अवस्थामा कोरोना भाइरस (कोभिड- १९) विरुद्ध सबैले मिलेर लड्नुपर्ने भन्दै राजीनामा मागेर अस्थिरता सिर्जना नगर्न आग्रह गरेका हुन् ।



    ‘बदर गरिसकिएका अध्यादेशलाई विवादको मुद्दा बनाएर प्रधानमन्त्रीको राजीनामा माग्ने कार्य संकटको वर्तमान अवस्थामा उत्तिकै अप्रासंगिक विषय हो । संसदको बजेट अधिवेशन सन्निकट रहेको बेला आगामी बजेटमार्फत नागरिक र मुलुकको हितमा कार्यक्रमहरू ल्याउनेतर्फ सबैको ध्यान हुनुपर्दछ,’ १० जनाले हस्ताक्षर गरेको विज्ञप्तिमा लेखिएको छ, ‘यस्तो बेला सरकार बदल्नेसम्मको कार्यले राजनीतिक स्थिरता मात्र बिथोल्दैन, संसदमा उपस्थित राजनीतिक दलको प्राथमिकता केवल सत्ताको जोडघटाउ मात्र रहेको गलत सन्देश प्रवाहित भई हामीले अवलम्बन गरेको राजनीतिक प्रणालीप्रति नै वितृष्णा बढाउँछ ।’



    डा. अर्जुन कार्की, विपिन अधिकारी, कनकमणि दीक्षित, टीका ढकाल, जयप्रकाशप्रसाद गुप्ता, रामेश्वर खनाल, डा. रेणु अधिकारी, रेम विश्वकर्मा, सूर्यराज आचार्य र सुशील प्याकुरेलले विज्ञप्ति जारी गर्दै पछिल्लो राजनीतिक घटनाक्रमप्रति गम्भीर चिन्ता र सरोकार प्रकट गरेका छन् ।

    प्रधानमन्त्री ओलीले दुई अध्यादेश जारी गरेर कोरोना भाइरसको महामारीबाट ध्यान मोडेर चिन्ताजनक अवस्था सिर्जना गरेको उनीहरूको ठहर छ । तर, संविधानले स्थीर सरकारको परिकल्पना गरेको र नेकपाले बहुमत प्राप्त गरेको अवस्थामा बदर गरिएका अध्यादेशलाई मुद्दा बनाएर राजीनामा माग्न नहुने उनीहरूको धारणा छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार