Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कहाँबाट आएका थिए बाराका २ जना कोरोना संक्रमित?

    कहाँबाट आएका थिए बाराका २ जना कोरोना संक्रमित?

    अनलाइन नेपाल
  • बुधबार, १७ बैशाख २०७७
  • 1.7K
    SHARES

    बारा । ‘कन्ट्रयाक्ट ट्रेसिङ’पछि कोरोना संक्रमण पुष्टि भएका बाराका दुवै जना प्रहरी निगरानीमा भए पनि उनीहरुलाई क्वारेन्टाइनमा लगिएको थिएन । ४९ दिनअघि नेपालको सप्तरी र भारतको दिल्लीमा भएका धार्मिक सम्मेलनमा सहभागी भई उनीहरु घर फर्किएका थिए ।

    ‘धार्मिक कार्यक्रम सकेर आएको ४९ दिनपछि उनीहरुमा कोरोना पुष्टि भएको छ,’ प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले भने, ‘बिहीबार काठमाडौंबाट स्वास्थ्य टोली आउँदैछन्, परीक्षणमा के हुन्छ त्यसपछि सिल गर्ने/नगर्ने टुंगो लाग्छ ।’ तबसम्म टोल समुदायलाई सचेत पार्दै सुरक्षा निगरानी बढाइएको उनले बताए ।



    दुवै संक्रमितलाई वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारका लागि लगिएको छ । ‘सिल नगरी समुदायमा आउजाउदेखि अन्य गतिविधि नगर्न दिन प्रहरीमार्फत् कडाइ गरेका छौं,×’ प्रजिअ पण्डितले भने ।



    जिल्ला जनस्वास्थ्य प्रमुख राजकिशोर पण्डितकाअनुसार जिल्लामा बिहीबारसम्म १ सय ५७ जनाको आरडीटी र १ सय १ जनाको पीसीआर परीक्षण गर्दा सबै निगेटिभ देखिएको छ । २ जना आइसोलेसनमा छन् भने १ सय ८१ जना क्वारेन्टाइनमा छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार