Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कतार र युएईद्वारा २० टन स्वास्थ्य सामग्री सहयाेग

    कतार र युएईद्वारा २० टन स्वास्थ्य सामग्री सहयाेग

    अनलाइन नेपाल
  • बुधबार, १७ बैशाख २०७७
  • 1.6K
    SHARES

    कतार र युएईले नेपाललाई २० टन स्वास्थ्य सामग्री सहयाेग गरेकाे छ। कतारी शेख अमीर तमीम बिन हमाद अल–थानीले नेपाललाई सहयोग स्वरुप प्रदान गरेको ८ टन कोभीड–१९ सम्बन्धि मेडिकल सामाग्री बोकेर कतार एयरवेजको वाइडबडी विमान बुधबार दिउसो काठमाडौं आइपुगेको हुन् ।

    ती सामाग्री नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्मद अल–हेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वस्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई हस्तान्तरण गरेका थिए ।



    मेडिकल सामानमा पीपीई ७ हजार, पीसीआर टेस्ट किट, एन ९५ मास्क, भीटीएम, सीआरआरटी मेसिन, सर्जिकल ग्लब्स, अक्सीजन प्लान्ट, प्रयोगशालायुक्त मोबाइल एम्बुलेन्स लगायतका १४ प्रकारका सामान रहेका छन् ।



    यसैबीच बुधबार दिउसो ५ बजे युएईले पनि नेपाल सरकारलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार, त्यहाबाट इतिहादको वाइडबडी विमानमा चार्टर गरिएको करिब १२ टन सामाग्री स्वस्थ्य तथा जनसंख्या राज्यमन्त्री रावतलाई विमानस्थलमै बुझाइएको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार