Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • किशोरी अपहरणमा संलग्न सातविरुद्ध अपहरण मुद्दा दर्ता

    किशोरी अपहरणमा संलग्न सातविरुद्ध अपहरण मुद्दा दर्ता

    अनलाइन नेपाल
  • बुधबार, १७ बैशाख २०७७
  • 2.5K
    SHARES

    बझाङ । बझाङमा विवाहको दबाब दिन १५ वर्षीया किशोरीको अपहरण गर्ने सात जना फरार रहेका छन्।

    फरार छबिसपाथिभेरा गाउँपालिका-७ का विकास धामी, दीपेन्द्र धामी, प्रकाश धामी, निराजन धामी, संसार धामी र आशिक धामीविरुद्ध अपहरण तथा शरीर बन्धकको कसुरसम्बन्धी मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



    उनीहरुको खोजी कार्यमा प्रहरी सक्रिय रुपमा लागेको र उनीहरु सबै यार्सा संकलन गर्ने पाथिभेरे लेकतर्फ भागेको सूचना आएको डीएसपी गणेश बमले जानकारी दिए।



    छबिसपाथीभेरा गाउँपालिकाकी १५ वर्षिया किशोरीको हातखुट्टा र मुख बाँधेर अपहरण भएको हाे। अपहरणकाे करिब २२ घन्टापछि आफन्तले उनकाे उद्धार गरेका हुन्।

    छिमेकी दिदी नाता पर्ने गीता धामी र उनका श्रीमान् प्रकाश धामीको योजनामा आफू अपहरणमा परेको पीडितको भनाइ छ। महिनावारी भएको बहाना गरेर घरमा खाना पकाइदिन बोलाएकी गीताले श्रीमान् र अरुको सहयोगमा अपहरण गराएकी थिइन्। उनीहरुले काकाको छोरा सागर धामीसँग विवाह गर्ने योजना बनाएको किशोरीले बताइन्।

    ‘घर नजिकै भएकाले पहिला पनि साह्रोगाह्रो पर्दा सघाउन जान्थेँ। त्यो दिन गीताले ‘म छाउ भएकी छु, खाना पकाउन आइदेऊ’ भनिन्,’ पीडित किशोरीले सुनाइन्, ‘त्यस्तो गर्लान् भन्ने थाहा भए जाने थिइनँ।’

    उनी स्थानीय विद्यालयमा कक्षा ९ मा पढ्छिन्। गीताले पहिले आफ्ना देवरसँग विवाह गर्न फकाउने गरेको किशीको भनाइ छ। ‘जिस्केर भनेकी हुन् जस्तो लाग्थ्यो। मैले विवाह गर्ने बेला भएको छैन, यस्तो कुरा नगर्नुस् भनेर टार्ने गरेकी थिएँ,’ उनले भनिन्।

    हाल उनी महिला सुरक्षित आवासगृहको आश्रयमा बसिरहेकी छन्। बझाङका दुर्गम भेगमा यसरी अपहरण गरेर विवाह गर्ने प्रचलनलाई तानी विवाह भन्ने गरिन्छ। एक दशकअघिसम्म व्यापक रुपमा प्रचलनमा रहेको विवाहको यो शैली पछिल्लो दशकमा निकै घटेको भए पछि फाट्टफुट यस्ता घटना सार्वजनिक हुने गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार