Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • ‘कोरोना संक्रमित हुँदैमा आत्तिनु पर्ने अवस्था छैन’

    ‘कोरोना संक्रमित हुँदैमा आत्तिनु पर्ने अवस्था छैन’

    अनलाइन नेपाल
  • बुधबार, १७ बैशाख २०७७
  • 1.7K
    SHARES

    काठमाडौँ — काेराेना भाइरस (काेभिड-१९) काे संक्रमित हुँदैमा अत्तिनु पर्ने अवस्था नरहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

    मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले परीक्षण नगराएमा आफू, परिवार र सिंगो समाजमा जोखिम बढ्न सक्ने भन्दै संक्रमित हुँदैमा नआत्तिन र संक्रमण देखिएमा आफूले गल्ती गरेको महसुस नगर्न आग्रह गरे।



    प्रवक्ता देवकोटाले कोरोना पोजिटिभ देखिएपछि समाजले विभेदपूर्ण व्यवहार गर्छ कि भन्ने डरले पनि परीक्षणमा नआएको बताए । मन्त्रालयले आयुर्वेद र वैकल्पिक चिकित्सासम्बन्धी निर्देशिका जारी गरेको छ । निर्देशिकामा आयुर्वेद चिकित्साबाट कसरी रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ साथै योगाभ्यास तथा व्यायाम आदिका फाइदाका बारेमा उल्लेख छ ।



    कोरोना संक्रमित मध्ये १६ जना निको भइसकेका छन् । बुधबारम्म नेपालमा आरडिटी विधिबाट ४५ हजार ६ सय ६५ नमुना परीक्षण भएका छन् भने पिसिआर विधिबाट ११ हजार ५ सय २४ परीक्षणहरु भएका छन् ।

    त्यसैगरी आजको अपडेटमा आइसोलेसनमा देशभरी ८७ जना रहेका छन् । काठमाडौंमा ४ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ८३ जना रहेका छन् । क्‍वारेन्टाइनमा २२ हजार ९०१ जना रहेका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार