Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनद्वारा सेनालाई मास्क हस्तान्तरण

    मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनद्वारा सेनालाई मास्क हस्तान्तरण

    अनलाइन नेपाल
  • बुधबार, १७ बैशाख २०७७
  • 2.4K
    SHARES

    काठमाडौं। कोरोना भाइरसको महामारीबाट जोगाउन मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपीआईए) ले नेपाली सेनाको स्वास्थ्य महानिर्देशनालयलाई १० हजार थान मास्क हस्तान्तरण गरेको छ ।

    मंगलबार एसोसिएसनका अध्यक्ष दीपक मलहोत्रा एवम पदाधिकारीहरुले भद्रकालीस्थित नेपाली सेनाको मूख्यालयमा मास्क हस्तान्तरण गरेका  हुन ।



    एसोसिएनका अध्यक्ष मलहोत्राले आफ्नो सानो सहयोगले कोरोना भाइरस (कोभिड १९) को महामारीविरुद्ध लडिरहेका  सुरक्षा निकायलाई केही हदसम्म भए पनि थप बल प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए ।



    मास्क हस्तान्तरण कार्यक्रममा एसोसिएसनका अन्य पदाधिकारीहरूको समेत उपस्थिति थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार