काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा नेकपाका बहुमत सांसद उपस्थित भएको ओली पक्षले दावी गरेको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधवार भएको बैठकमा नेकपाका १ सय ७४ मध्ये १ सय १५ जना सांसद उपस्थित रहेको वताइएको छ । प्रधानमन्त्री ओली पक्ष अल्पमतमा रहेको भन्ने बाहिर आइरहेका बेला बहुमत रहेको सन्देश दिन हस्ताक्षर थालेको हो।
प्रधानमन्त्रीको पक्षमा प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी ११५ जना सांसदले साथ दिने ओलीनिकट नेताहरुको दाबी छ ।
बुधबार बिहानसम्म सुदूरपश्चिम प्रदेशका नेकपाका १९ सांसदमध्ये १६ जना आफ्नो पक्षमा उभिएपछि ओली पक्ष उत्साहित भएको छ । ओलीले सत्ता परिवर्तनको खेलमा नलाग्न समेत निर्देशन दिएको वताइएको छ।राजनीतिक स्थिरताका लागि पनि प्रधानमन्त्रीले बहुमत देखाउनुपर्छ भन्ने धेरै सांसदको सुझाव एको एक नेताले वताए।
Leave a Reply