Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • ‘मस्जिद–मदरसामा कोही लुकेका छैनन्’

    ‘मस्जिद–मदरसामा कोही लुकेका छैनन्’

    अनलाइन नेपाल
  • बुधबार, १७ बैशाख २०७७
  • 2.2K
    SHARES

    नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा रहेका मस्जिद र मदरसाको अनुगमनलाई तीव्रता दिइएको छ ।

    उदयपुरको मस्जिदमा रहेका मुसलमा धर्मगुरु (जमाती) मा कोरोना सङ्क्रमण भेटिएपछि राष्ट्रिय मुस्लिम आयोगले गठन गरेको जिल्लास्तरीय अनुगमन समितिले जिल्लाका विभिन्न स्थानमा रहेका मस्जिद र मदरसाको स्थलगत अनुगमन गरिरहेको छ ।



    आयोगले भेषराज खरेलको संयोजकत्वमा ८ सदस्यीय अनुगमन समिति खटाएको छ । समितिले रामग्राम नगरपालिकाको परासी जामे मस्जिदसहित पाल्हीनन्दन, प्रतापपुर र सुस्ता गाउँपालिकामा रहेका मस्जिद र मदरसाको अनुगमन गरेको छ ।



    समितिले नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम र बर्दघाट–सुस्ता पूर्व) दुवै जिल्लाका मस्जिद र मदरसाको अनुगमन गर्ने जिम्मा पाएको छ । पश्चिम नवलपरासीमा ५५ मस्जिद र ४३ मदरसा तथा पूर्वी नवलपरासीमा ५ मस्जिद र २ मदरसा छन् ।

    भारतीय सञ्चारमाध्यमले नेपालका मस्जिद र मदरसामा विदेशबाट जमाती लुकेर बसेको र उनीहरूबाट कोरोना सङ्क्रमणको जोखिम बढेको भनी अफवाह फैलाएपछि समितिले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको समन्वयमा स्थलगत अनुगमन गरिरहेको समिति सदस्य एवं सञ्चार प्रमुख हैदर अलि मोमिनले जानकारी दिए ।

    ‘हामीले अनुगमनमा विशेषगरी दुई वटा कुरालाई केन्द्रित गरेका छौँ, विदेशबाट जमातीहरू आए/नआएको र बन्दाबन्दीका कारण मुस्लिम समुदायमा परेको समस्या र अवस्थाको विषयमा जानकारी लिइरहेका छौँ,’ उनले भने । समितिले बन्दाबन्दीको पालना गर्न पनि सबैमा आग्रह गरेको छ ।

    अहिलेसम्मको अनुगमनका क्रममा कोही पनि धर्मगुरु वा अपरिचित व्यक्ति मस्जिद र मदरसामा आएर लुकेको नपाइएको समितिले जनाएको छ । बन्दाबन्दीको पालना गरिएको तथा कुनै पनि मस्जिदमा सामूहिक नमाज पढ्न बन्द गरिएको पाइएको मोमिनले बताए ।

    रमजानको महिना चलिरहेकाले अधिकांश मुसलमान सले घरमै नमाज पढिरहेको संयोजक खरालले बताए । ‘प्रत्येक मस्जिद र मदरसाको अनुगमन गरी जनमानसमा फैलिएको भ्रम चिर्न खोजिएको हो, कुनै पनि मस्जिद वा मदरसामा कोही पनि लुकेर बसेको पाइएको छैन,’ उनले भने ।

    अनुगमन समितिले बन्दाबन्दीका समयमा गरिबीका कारण समस्यामा परेका मुसलमान समुदायलाई पनि स्थानीय तहसँगको सहकार्यमा आवश्यक सहयोगका लागि सहजीकरण गर्ने जनाएको छ । पश्चिम नवलपरासीको अनुगमन सकिएपछि पूर्वी नवलपरासीका मदरसा र मस्जिदको अनुगमन गरिने सदस्य मोमिनले बताए । रासस

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार