Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • मध्यरात बसभित्र भेटिएका चार युवायुवती पक्राउ

    मध्यरात बसभित्र भेटिएका चार युवायुवती पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १७ बैशाख २०७७
  • 3.9K
    SHARES

    धनगढी । धनगढीमा पार्किङ गरिएको बसमा भेटिएका चार जना युवायुवती मध्यरातमा पक्राउ परेका छन्।

    धनगढी उप–महानगरपालिका वडा नम्वर ४ उत्तरवेहडीस्थित ६ लेन सडकदेखि शिवपुरी धाम जोड्ने सडकमा पार्किङ गरिएको बसमा भेटिएका दुई जना युवा र दुई युवतीलाई प्रहरीले पक्राउ गरेको हो।



    धनगढीकै २४ बर्षीय दिलिप थापामगर र टीकापुरका १९ बर्षीय राम चौधरी सहित अन्य दुई जना युवती पनि पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले आज उनीहरुका अभिभावकलाई समेत बोलाएर कारवाहीको प्रक्रिया अगाडि बढाउने बताए।



    जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका चार जना मध्ये एक जना सोही बसका सह–चालक हुन भने अर्का युवा उनका साथी हुन्। मध्यरातमा बसभित्र हल्ला हुन थालेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए। प्रहरीले उनीहरुलाई राति साढे ११ बजे पक्राउ गरेको हो।

    दुई जना युवतीहरुले भने आफुहरु मंगलवार मात्रै काठमाडौँबाट आएको प्रहरीलाई बयान दिएका छन्।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार