वीरगञ्ज । स्वाब परिक्षणका क्रममा बाराका दुई र पर्साका एक जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ ।
उनीहरुलाई बुधबार कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । उनीहरु भारतको दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएको खुलेको छ ।
आइतबार वीरगन्जका दुईजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु मध्ये वीरगञ्ज एक त्यही धार्मिक सभामा सहभागी भएका थिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । जमातबाट फर्केर आएकाहरुको सम्पर्कमा रहेका उनीहरु सबै नेपाली नै हुन।
Leave a Reply