Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • जनयुद्धमा संस्कृत शिक्षा नष्ट गर्ने बाबुराम अहिले संस्कृत जप्दै

    जनयुद्धमा संस्कृत शिक्षा नष्ट गर्ने बाबुराम अहिले संस्कृत जप्दै

    अनलाइन नेपाल
  • बुधबार, १७ बैशाख २०७७
  • 5.4K
    SHARES

    जीवन्तु मे शत्रुगणाः सदैव येषां प्रसादात् सुविचक्षणोऽहम् । यदा यदा मे विकृतिं लभन्ते तदा तदा मां प्रतिबोधयन्ति ।

    भावार्थः मेरा बिरोधीहरु सदा जीवीत रहून् । जसले गर्दा म सचेत छु । जब जब उनीहरुले मेरा कमजोरी देख्छन्, तब तब मलाई जगाउँछन् ।



    काठमाडौं। माथिको संस्कृत श्लोक डा. बाबुराम भट्टराईले एपी वान टेलिभिजनको तमसोमा ज्योतिर्गमय कार्यक्रमका संचालक टीकाराम यात्रीलाई दिएको अन्तर्वार्तामा भनेका हुन् ।



    सोमबार प्रशारित उक्त अन्तर्वार्तामा उनलाई बाबुरामभित्र दुई वटा बाबुराम रहेको उल्लेख गर्दै एउटा विद्वान, विकास समृद्धिका योजना भएका र दोस्रो भने रुखो, कुन्ठित र कहिल्यै हाँस्न नसक्ने, क्रुर हिंसाका पक्षपाती, शक्ति र सत्ताका लागि सजिलै विदेशीको गोटी बन्न सक्ने, सत्तामा हुँदा ससुराली खलकको मात्र काम गर्ने भन्छन् ।

    विवेकशील साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले यात्रीमार्फत् सोधेको यो प्रश्नमा दोस्रो बाबुरामले पहिलोलाई किचेको हो भन्ने प्रश्न गरिएको थियो । त्यसमा डा. भट्टराईले माथिको संस्कृत श्लोकका पंक्ति भन्दै जवाफ दिएका छन् ।

    संस्कृत विद्यामाथि घोर प्रहार गरेर नेपाली भाषा र संस्कृतिको घाँटी रेटने काम गरेका तिनै बाबुराम भट्टराईले टेलिभिजन अन्तर्वार्तामा भने संस्कृत श्लोक बाचन गर्दै आफ्ना आलोचकहरुप्रति आफू सधैं सकारात्मक रहेको बताएका छन् ।

    जुन संस्कृतको पंक्ति आफूले पटक पटक सम्झिने गरेको बताएका उनले १० बर्षे जनयुद्धका क्रममा त्यही ज्ञानको भण्डार संस्कृत शिक्षा नष्ट गर्ने कार्यको अगुवाई गरेका थिए ।

    डा. भट्टराईले १० बर्षे जनयुद्धमा नेपाली साहित्य र ज्ञानको भण्डार मानिने संस्कृत शिक्षालय जलाउने र नष्ट गर्नमा आफ्नो विद्धता सम्झिएका थिए । संस्कृत विश्वविद्यालय र त्यस अन्तर्गतका संस्कृत अध्ययन अध्यापन गराउने क्याम्पसहरुमा आगो लगाउने र ध्वस्त पार्ने काम डा. बाबुराम भट्टराईहरुको अग्रसरतामा भएकै हुन् । पूर्वीय सभ्यता, दर्शन, धर्म र विज्ञानको जननी (आमा) मानिने संस्कृत शिक्षा विनाश गर्नमै उनले आफ्नो विद्याबारिधीको दुरुपयोग गरेकै हुन् ।

    २०५२ सालमा तत्कालीन माओवादी जनयुद्धका कारण संस्कृत शिक्षामाथि निरन्तर आक्रमण भयो । र, जनयुद्धको अन्तिमसम्म आइपुग्दा संस्कृत शिक्षा अध्ययन गराउने कलेज माओवादी त्रासका कारण बन्द भए । संस्कृत भाषा नेपाली भाषाको जननी हो भन्ने कुरा डा. बाबुराम भट्टराईलाई थाहा भए पनि उनले त्यसको विनाशमा समय खर्चिएका थिए ।

    द्धन्द्धकालमा हिन्दू धर्म(अन्य कुनै धर्मलाई छोएको छैन) का पुस्तक र मठमन्दिर जलाउने, किरियापुत्री र वेदपाठी तथा श्रीमद्भागवतको माध्यमद्धारा धर्मलाई बल पुर्याउने पंडित नारायण पोखरेल जस्तालाई काट्ने, भजन कीर्तन पूजा आजा जस्ता आत्मिक उन्नतिको काम गर्न नदिने र हिंसा र दमनको माध्यमद्धारा हिन्दूहरुमा भय, त्रास र आतंक फैलाए ।

    राज्यलाई धर्म निरपेक्ष गराएर क्रिश्चियनिटीलाई व्यापक बल र आधार तयार गरे । बसुधैव कुटुम्बकम्को मान्यतालाई आत्मसात गरेको नेपाली समाजलाई जाति जातिमा विभाजन गर्ने मुख्य काम बाबुरामले नै गरेका हुन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार