Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • लकडाउन तोडे एक हजारसम्म जरिवाना

    लकडाउन तोडे एक हजारसम्म जरिवाना

    अनलाइन नेपाल
  • बुधबार, १७ बैशाख २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । लकडाउन उल्लंघन गर्ने व्यक्तिसँग काठमाडौंको चन्द्रागिरि नगरपालिकाले एक सय रुपैयाँदेखि हजार रुपैयाँसम्म जरिवाना लिन थालेको छ । महानगरीय प्रहरी वृत्त, थानकोट र नगरपालिकाको सहकार्यमा संक्रामक रोग सम्बन्धी ऐनमा भएको व्यवस्था अनुरुप जरिवाना तिराउन थालिएको हो ।

    नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले हालसम्म करिब १५ सय मानिस कारबाहीमा परिसकेको बताए । ‘एक लाखभन्दा बढी रकम जरिवाना उठिसकेको छ, रसिद काटेर नगर स्तरीय कोरोना कोषमा रकम जम्मा गरेका छौं’, महर्जनले भने ।



    थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार नगर सुरक्षा समितिको निर्णयपछि २८ चैतबाट यो अभियान थालिएको हो । ‘लकडाउन उल्लंघन गरे एक सय रुपैयाँ र लकडाउनको समयमा मदिरा पसल खोले एक हजार रुपैयाँ जरिवाना संकलन हुँदै आएको छ’, श्रेष्ठले भने, ‘कसूर अनुसार जरिवाना रकम पनि भिन्दाभिन्दै छ ।’



    उनका अनुसार जरिवाना गर्न थालिएपछि सडकमा सर्वसाधारण निस्किने क्रम न्यून भएको छ । नगरपालिकाले तरकारी किन्नका लागि बिहान ६ बजेदेखि १० बजेसम्मको समय तोकेको छ । त्यसदेखि बाहेकको समयमा सडकमा निस्किने क्रम अत्यन्त न्यून भएको छ । ‘जरिवानाको नियम लागू गरेको सुरुवाती दिनमा ४८ जनासम्म एकैदिन कारबाहीमा परेको रेकर्ड छ’, प्रहरी अधिकारीहरु भन्छन्, ‘अहिले यो संख्यो घट्दो छ ।’ जरिवाना संकलनका लागि नगरपालिकाले ८ जना कर्मचारी नै खटाएको छ । उनीहरुमध्ये दुई जना प्रहरीको मोबाइल टोलीसँगै हुन्छन् भने ६ जनालाई विभिन्न चोकमा राखिन्छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार