Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • शीघ्रस्खलन रोक्ने केही सजिला उपायहरु

    शीघ्रस्खलन रोक्ने केही सजिला उपायहरु

    अनलाइन नेपाल
  • बुधबार, १७ बैशाख २०७७
  • 4.5K
    SHARES

    शीघ्रस्खलन धेरैजसो पुरुषलाई हुने समस्या हो । एकतिहाइ पुरुषले १८ देखि ५९ को उमेरभित्र यस्तो समस्या भोग्ने गरेको अध्ययनहरूले देखाएका छन् । शीघ्रस्खलन हुनेलाई निकै तनाव हुन्छ र पार्टनरको छट्पटी हेर्न निकै गाह्रो हुन्छ । यो कुनै वंशानुगत बिरामी भने होइन । यसका लागि सजिला उपायहरू पनि छन् । तिनको अभ्यास गर्नासाथ समस्या हल भैहाल्छ ।

    स्टप स्टार्ट टेक्निक : यो विधिलाई स्टप स्टार्ट टेक्निक वा थेरापी भनिन्छ । यो विधिलाई युरोलोजिस्ट डाक्टर सिमेनले सिफारिस गरेका हुन । यसअन्तर्गत लिंग उत्तेजना हुन लागेको समयमा केही क्षण सम्पर्क रोक्ने अनि फेरि सम्पर्क गर्ने र त्यसलाई केही समय दोर्होयाउने । बढी संवेदनशील भागतर्फभन्दा कम संवेदनशील भागतर्फ सम्पर्क गरेर पनि केही समयका लागि शीघ्रस्खलनलाई रोक्न सकिन्छ । यसले लिंगको स्खलित हुने संवेदनशीलतालाई न्यून गर्छ । यसरी अभ्यास गर्दा कतिपय पुरुषको शीघ्रस्खलन रोक्न सक्ने क्षमता विकसित हुन्छ ।



    स्कुइज टेक्निक : अर्को विधिलाई स्कुइज टेक्निक भनिन्छ । यसअन्तर्गत अर्गाज्म अर्थात् चरम अवस्थामा पुग्न लाग्दा पार्टनरमध्ये एक जनाले लिङ्गको टुप्पो समाउने र शीघ्रस्खलन रोक्ने प्रयास गर्नुपर्छ । यो विधिलाई पनि केही समय दोर्होयाउने अनि मात्र स्खलन गराउने । कतिपय पुरुषले यसलाई प्रभावकारी भएको माने पनि कतिपयका लागि यो प्रभावकारी नहुन सक्छ, त्यसैले उनीहरूले थप उपचारमा ध्यान पु¥याउनुपर्छ ।



    चरम अवस्था के हो ?
    अध्ययनहरूले देखाएअनुसार आनन्दको चरम अवस्थामा पुग्नुअघिको समयावघि औसतमा ३ देखि ७ मिनट हुनु आवश्यक छ । केहीमा ७ देखि १३ मिनटसम्म लम्बिने गरेको छ, तर चरम आनन्दको अवस्थामा नपुग्दै अर्थात् अर्गाज्म प्राप्त हुने अवस्थाभन्दा पहिले यौनसम्पर्क १ मिनेट पनि टिकेन भने त्यसलाई शीघ्रस्खलनको अवस्था भनेर परिभाषित गरिएको छ ।

    कस्तो अवस्थामा शिघ्र स्खलन हुन सक्छ ? शीघस्खलनको व्यवहारजन्य एवं मनोवैज्ञानिक कारणचाहिँ यौनका विषयमा कम ज्ञान, यौन सम्पर्कका बेला दिमागमा आउने चिन्ता तथा अन्य गलत सोच र बिभिन्न किसिमका डर–त्रासजन्य कुरा जिम्मेवार रहने गरेका छन् । अस्वीकृत यौनसम्बन्ध, परस्त्रीगमन, केही क्षण अगाडिको हस्तमैथुनबाट संवेदनशील अवस्थामा पुगेका यौन अंगहरू, एकान्तपनको अभाव वा सामाजिक बन्धनका सीमाबाहिर जाँदा हुने विभिन्न किसिमका डर–त्रासका कारण यौनमा चुर्लुम्म डुब्न नसक्ने अवस्था आउँछ । यौन अंग बढी नै संवेदनशील भए पनि यस्तो अवस्था आउँछ, तर यो विस्तृत अनुसन्धानबाट पत्ता लागेको तथ्य भने होइन ।

    अन्य कारणहरु टेस्टोस्टेरोन हार्मोन बढी हुँदा पनि यस्तो स्थिति आउने तथ्यहरूले देखाएका छन् । मधुमेहका रोगीहरूमध्ये केहीमा यौनांग उत्तेजित कम मात्रामा हुने कारणले गर्दा पनि शीघ्रस्खलन हुने गरेको अध्ययनहरूले देखाएका छन् ।

    हाइपरथाइरोइडिज्म तथा शीघ्रस्खलनको पनि सम्बन्ध छ । हाइपरथाइरोइडिज्म भएका ७२ प्रतिशत मानिस शीघ्रस्खलनबाट पीडित हुने गरेको अध्ययनहरूले देखाएका छन् । यसका लागि भने चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार