Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • लकडाउन उल्लघंन गर्ने १५ सय ९८ जना नियन्त्रणमा

    लकडाउन उल्लघंन गर्ने १५ सय ९८ जना नियन्त्रणमा

    अनलाइन नेपाल
  • बुधबार, १७ बैशाख २०७७
  • 1.7K
    SHARES

    फाइल तस्बिर

    काठमाण्डौ । काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ३ सय ६७ महिलासहित १५ सय ९८ जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार विहान ६ बजे देखि दिउसो ४ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो ।

    यसै गरी १ हजार ८२ वटा दुई पाङ्ग्रे र १ सय ११ वटा चारपाङग्रे गरी ११ सय ९३ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाण्डौमा सबै भन्दा बढी १ हजार ३८, ललितपुरमा ४ सय ५४ र भक्तपुरमा १ सय ६ जनालाई नियन्त्रणमा लिएको छ ।



    कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।



    लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई उहाँले आग्रह गर्नु भयो । साथै यस कार्यालय तथा स्थानिय निकायको समन्वयमा १०६ जना विपन्न मजदुरहरूलाई राहत सामग्री वितरण गरिएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार