Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • हिरासतमा रहेका ज्ञानेन्द्र शाहीकाे विषयमा सर्वोच्चले दियाे यस्ताे आदेश

    हिरासतमा रहेका ज्ञानेन्द्र शाहीकाे विषयमा सर्वोच्चले दियाे यस्ताे आदेश

    अनलाइन नेपाल
  • बुधबार, १७ बैशाख २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । केही दिनअघि पक्राउ परेका ज्ञानेन्द्र शाहीलाई मुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

    लकडाउन उल्लंघनको आरोपमा पक्राउ परेका शाहीलाई थुनामुक्त गर्न माग गर्दै अधिवक्ता इन्द्र अर्यालले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षिकरणको रिट दायर गरेका थिए ।



    उनको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । सर्वोच्चको आदेशपछि उनी थुनामुक्त भएका छन् ।



    महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार उनलाई मंगलबार राति पक्राउ गरिएको थियाे। राहत बाड्ने कुरामा समन्वय गर्न खोज्दा प्रशासनविरुद्ध गएपछि पक्राउ गर्न बाध्य भएको एसएसपी राईले बताएका थिए।

    प्रहरीका अनुसार शाही स्थानीय तह तथा जनप्रतिनिधि कसैसँग समन्वय नगरी राहत बाड्ने भन्दै हिडेका थिए। सरकारले राहत बाडनु भन्दा पहिला स्थानीय तहमा सम्पर्क गर्नुपर्ने नीति तय गरेको छ। वडामा सम्पर्क गरेर मात्र राहत बाड्न आग्रह गर्दा शाहीले फेसबुक लाइभ गरी प्रशासनविरुद्ध अभिव्यक्ति दिएका थिए।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार