Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • अन्तत: सुलभ अग्रवालविरूद्द मुद्दा दायर, ३ वर्ष बढी कैद सजाय माग

    अन्तत: सुलभ अग्रवालविरूद्द मुद्दा दायर, ३ वर्ष बढी कैद सजाय माग

    अनलाइन नेपाल
  • बुधबार, १७ बैशाख २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । अन्तत: कालोबजारी गरेको आरोपमा पक्राउ परेका अर्वपति सुलभ अग्रवालविरूद्द मुद्दा दायार भएको छ ।

    मंगलबार कालोबजारी ऐन २०३२ अनुसार अग्रवालमाथी जिल्ला अदालत काठमाडौंमा मुद्दा दायार गरेको हो । जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंले मुद्दा दर्ता गराएको हो ।



    उनलाई कालोबजारी तथा केही अन्य सार्वजनिक अपराध तथा सजाय ऐन २०२३ अन्तर्गत मुद्दा दर्ता भएको जिल्ला अदालत काठमाडौंले जनाएको छ । ऐनको दफा २ को क अनुसार कालोबजारी, दफा ३ को १ अनुसार नाफाखोरीको, दफा ५ अनुसार जम्माखोरी तथा कृतिम अभावको आरोपमा मुद्दा दायर गरिएको छ । यी तीन वटानै आरोपमा अधिकतम १ वर्ष कैद हुन सक्ने व्यवस्था गरिएको छ । त्यस्तै प्रहरीले उनी विरुद्ध १५ लाख ७८ हजार जरिमाना माग गरेको थियो ।



    महानगरीय अपराध महाशाखाको टोली आफै ग्राहक बनेर अग्रवाललाई पक्राउ गरेको थियो। करिब ३ हजार रुपैयाँ पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँमा बिक्री गर्ने अग्रवाल सहित ६७ वटा थर्मल गन प्रहरीले नियन्त्रणमा लिएको थियो । २५ चैतमा थर्मल गनको कालोबजारी गरेको आरोपमा उनी पक्राउ परेका थिए।

    प्रहरीका अनुसार चीनबाट ३ हजारमा खरिद गरेको थर्मल गन नेपालमा १५ देखि २० हजार रुपैयाँसम्म लिएर उनले बिक्री गर्दै आएका थिए । प्रहरी आफैं ग्राहक बनेर अग्रवालसग थर्मल गन किन्न गएको थियो । त्यही क्रममा उनी नक्सालबाट पक्राउ परेका थिए । उनी हाल महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा छन् । ६७ थान थर्मल गनसहित नक्सालबाट उनी पक्राउ परेका थिए।

    संकटका बेला कोरोना संक्रमणबाट बच्न सरकारले चार्टर गरेर चीन पठाएको विमानमा सेटिङ मिलाएर आफ्नो व्यक्तिगत सामान ल्याउन सफल भएका शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवालले ५ करोड लगानी गरेर २० हजार थान थर्मल गन नेपाल भित्र्याएका थिए । तर, उनले सो समय भन्सारमा जम्मा १ हजार २ सय थानको मात्रै भन्सार बुझाएका थिए । अग्रवालको साथबाट प्रहरीले ६७ थान थर्मल गन पनि नियन्त्रणमा लिइएको थियो ।

    भन्सार विभागका अनुसार हरेक व्यवसायीले विभिन्न मुलुकबाट आयात गर्ने सामानको सम्बन्धित भन्सार बिन्दुमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) स्पष्ट खुलाएर ल्याउनुपर्ने प्रावधान छ । तर, अहिले अग्रवालले ल्याएको थर्मल गनलगायत अन्य स्वास्थ्य सामग्री आयातको विवरणमा समेत कैफियत देखिएको छ । प्रहरीको दाबीअनुसार उनले सो समय ५ करोड रुपैयाँ लगानी गरेर २० हजार थान थर्मल गन नेपाल भित्र्याएका थिए । उनले जम्मा १ हजार २ सय थान मात्र थर्मल गनको भन्सार बुझाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार