Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • डडेलधुरा अस्पतालभित्रै रक्सीको लतमा लठ्ठ स्वास्थ्यकर्मी

    डडेलधुरा अस्पतालभित्रै रक्सीको लतमा लठ्ठ स्वास्थ्यकर्मी

    अनलाइन नेपाल
  • मंगलबार, १६ बैशाख २०७७
  • 2K
    SHARES

    डडेल्धुरा। डडेल्धुरा अस्पतालका एक जना स्वास्थ्यकर्मी ड्युटीका बेला रक्सीको नशामा झुम्मिने गरेको पाइएको छ ।

    डडेल्धुरा अस्पतालमा कार्यरत सिनियर अहेब दिलीपसिंह साउदले अस्पताल भित्रै रक्सीको नशामा झुम्मिने गरेका छन ।अस्पताल स्रोतका अनुसार साउद दैनिकजसो मादक पदार्थ सेवन गरेर अस्पतालमा होहल्ला गर्दै आएको समेत बुझिएको छ ।



    केही समयअघि मात्रै सरुवा भएर डडेल्धुरा आएका अहेब साउदलाई प्रहरीले ३ पटक थुनामा राखिसकेको समेत बुझिएको छ ।



    मंगलबार मात्रै तेस्रो पटक उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए । यता डडेल्धुरा अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट जगदिश विष्टले निजले गल्ती गरेको भए नियमानुसार कारवाही अगाडी बढ्ने बताए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार