Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • गुणस्तर नभएको भन्दै भारतले रोकेको किट नेपालमा निर्वाध रूपमा प्रयोग

    गुणस्तर नभएको भन्दै भारतले रोकेको किट नेपालमा निर्वाध रूपमा प्रयोग

    अनलाइन नेपाल
  • मंगलबार, १६ बैशाख २०७७
  • 1.6K
    SHARES

    काठमाडौं – भारतको आर्युविज्ञान अनुसन्धान परिषद् (आईसीएमआर) ले वन्डफो ब्राण्डका आरडीटी परीक्षणको नतिजा विश्वसनीय नभएको भन्दै प्रयोगमा रोक लगाउने निर्णय गरे पनि नेपालमा भने उक्त किटकाे निर्वाध रूपमा प्रयोग भइरहेकाे छ।

    भारतको केही राज्यमा किटले केबल पाँच प्रतिशत सही नतिजा दिने गरेको गुनासो आएको थियो। पुष्टि भइसकेका कोरोना भाइरसका बिरामीमा पनि यसले नेगेटिभ देखाएपछि यसबारे बहस सुरु भएको थियो।त्यसपछि आईसीएमआरले गरेको अनुगमनमा उक्त किट्स गुणस्तरीय नरहेको पाइएको थियो।



    भारतले अहिले रोक लगाएकै कम्पनीको किट नेपालले पनि प्रयोग गरिरहेको छ। नेपालमा पनि उक्त किट प्रयोग गर्न नहुने र पिसिआर परीक्षण नै बढाउनु पर्नेमा विज्ञहरुले जोड दिए पनि सरकारले त्यता खसै ध्यान दिएकाे छैन। नेपालमा ओम्नी ग्रुपले चीनबाट यस्ता किट ल्याएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञहरुको सुझाबलाई वेवास्ता गर्दै सोही किटिको प्रयोग बढाइरहेको छ भने पिसिआर परीक्षण घटाइरहेको छ।



    र्‍यापिड परीक्षण किट्सले रगतमा एन्टिबडी भएको वा नभएको पत्ता लगाउँछ। यद्यपि र्‍यापिड परीक्षण किट्सले कोरोना भाइरसको परीक्षण भने गर्न नसक्ने विज्ञहरुले बताउँदै आइरहेका छन्। धेरै वैज्ञानिकहरुले कोरोना भाइरस पत्ता लगाउने गरिएको यो परीक्षणको प्रयोजनप्रति प्रश्न उठाएका छन्।

    चीनले भने भारतको दाबीलाई अस्वीकार गरेको छ। चीनले भारत पठाइएको किट्सको गुणस्तरमा कुनै समस्या नभएको जिकिर गरेको छ। भारतले पूर्वाग्रह राखेर आफ्नो किट्सलाई त्रुटिपूर्ण भनेको भन्दै चीनले आफ्नो बचाउ गरेको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार