Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कहाँबाट आएका थिए रौतहटमा भेटिएका थप २ कोरोना संक्रमित?

    कहाँबाट आएका थिए रौतहटमा भेटिएका थप २ कोरोना संक्रमित?

    अनलाइन नेपाल
  • मंगलबार, १६ बैशाख २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । रौतहटमा मंगलबार भेटिएका २ कोरोना संक्रमित भारतबाट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा विकास देवकोटाले यस्तो जानकारी दिएका हुन्। उनीहरुको उमेर २४ र ३५ वर्ष छ। दुवैजना पुरुष भएको समेत डा देवकोटाले जानकारी दिए।

    वृन्दावन नगरपालिका भुसहाका २४ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए । जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो ।कोरोना संक्रमण पुष्टि भएपछि ती युवकको खोजी सुरु भएको छ । त्यस्तै देवाही गोनाही १ का ३५ वर्षका पुरुष हाल क्वारेन्टाइनमै रहेका छन् ।



    काठमाडौंबाट गत वैशाख १२ गते आएको चार जनाको टोलीले रौतहटको ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेर लगेको थियो । सोही स्वाबमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो । यसअघि रौतहटको इशनाथ नगरपालिकामा भेटिएका एक संक्रमित ठीक भएर वीरगञ्जबाट घर फर्किसकेका छन् ।



    यो सहित नेपालमा संक्रमितको संख्या ५४ पुगेको छ। जसमध्ये १६ जना निको भएका छन्।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार