चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा छापा मारेको छ । विभिन्न सामग्रीहरु कर्मचारीहरुले नै चोरी गरेको सीसीटीभी फुटेज बाहिरिएपछि अख्तियार आयोगले भरतपुर कोरोना विशेष अस्पतालमा छापा मारेको हाे।
मंगलबार दिउँसो हेटौंडाबाट आएको अख्तियार टोलीले अस्पतालमा छापा मारेको हो । प्रदेश सरकारले अस्पताल संचालनका लागि एक करोड रुपैयाँ सहयोग गरेको थियो ।
कोरोना अस्पतालमा आर्थिक अनियमितता गरिएको आशंकासमेत गरिएको छ । अहिले उक्त सीसीटीभी फुटेज विभिन्न सञ्चारमाध्यमसहित सामाजिक सञ्जालहरुमा भाइरल भएको छ ।
Leave a Reply