Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • बाबुरामविरुद्धकाे उजुरी पनि लिएन सरकारी वकिल कार्यालयले

    बाबुरामविरुद्धकाे उजुरी पनि लिएन सरकारी वकिल कार्यालयले

    अनलाइन नेपाल
  • मंगलबार, १६ बैशाख २०७७
  • 2.1K
    SHARES

    काठमाडौँ। नवगठित जनता समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्धकाे उजुरी पनि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले दर्ता गर्न मानेकाे छैन। पूर्वप्रधानमन्त्री भट्टराईले रेडियो नेपालसँगको अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भष्मासुर भनेको भन्दै नेकपाका कार्यकर्ताहरु सोमबार साइबर अपराधमा कारबाही गर्न माग गर्दै महानगरीय प्रहरी परिसर पुगेका थिए।

    तर, प्रहरीले भट्टराईविरुद्ध उजुरी लिन इन्कार गरेपछि नेकपा निकट अखिलका अध्यक्ष ऐन महरसहितका कार्यकर्ताहरु पनि सरकारी वकिल कार्यालय पुगेर उजुरी दर्ता गराउन खाेज्दा सरकारी वकिलकाे कार्यालयले उजुरी दर्ता गर्न मानेकाे छैन।



    सरकारी वकिलकाे कार्यालयले उजुरी दर्ता गर्न नमानेपछि अखिलका अध्यक्ष महरसहितका कार्यकर्ताहरू त्यहाँ धर्ना दिइरहेका छन्।



    त्यस्तै समाजवादीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै दिइएको जाहेरी महानगरीय प्रहरी परिसर टेकुले आइतबार दर्ता गर्न इन्कार गरेपछि समाजवादी पार्टीका नेताहरु उजुरी गर्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ पुगेपछि नेकपाका कार्यकर्ताहरु पनि सँगै त्यहाँ पुगेका छन्। तर उनीहरूकाे उजुरी पनि सरकारी वकिल कार्यालयले प्रयाप्त प्रमाण नभएकाे भन्दै दर्ता गर्न मानेकाे छैन।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार