Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • जुलियन असान्जको सुनुवाई नोभेम्बरसम्म स्थगित

    जुलियन असान्जको सुनुवाई नोभेम्बरसम्म स्थगित

    अनलाइन नेपाल
  • मंगलबार, १६ बैशाख २०७७
  • 1.6K
    SHARES

    संयुक्तराज्य अमेरिका। विकिलिक्सका संस्थापक जुलियन असान्जलाई संयुक्तराज्य अमेरिका सुपुर्दगी गर्ने या नगर्ने भन्ने सुनुवाई आगामी नोभेम्बरसम्म स्थगित गरिएको छ । असान्जका वकीलहरुले कोरोनाभाइरस महामारीका बीच सुनुवाईको कार्य अघि बढाउनु “स्वास्थ्यका कारण खतरा” रहेको दाबी गरेका थिए ।

    असान्जलाई स्वीडेन वा संयुक्तराज्य अमेरिकामा सुपुर्दगी गर्ने वा नगर्ने विषयमा आगामी मे १८ मा सुनुवाई आरम्भ गर्ने योजना थियो । स्वीडेनमा असान्जमाथि यौन दुव्र्यवहारको एउटा मुद्दा विचाराधीन छ भने संयुक्तराज्य अमेरिकाले असान्जमाथि जासुसीको आरोप लगाएको छ । अमेरिकामा असान्ज दोषी ठहरिए १७५ वर्षको जेलसजाय हुनेछ ।



    सुनुवाईको मिति घोषणा गर्दै बेलायतका न्यायाधीश भानिसा बाराइजरले छिटोमा आगामी नोभेम्बर २ देखि मात्र असान्जमाथिको मुद्दाको सुनुवाई हुनेछ । यो सुनुवाई करिब तीन साताको हुनेछ।



    असान्जलाई गत वर्ष अप्रिलमा लन्डनस्थित इक्वेडरको राजदूतावासबाट लन्डन प्रहरीले गिरफ्तार गरेको थियो । अमेरिकाले गिरफ्तार गर्ने र आफ्नो ज्यानको सुरक्षा नभएको भन्दै असान्जले उक्त दूतावासमा झण्डै ८ वर्षदेखि आश्रय लिनु भएको थियो । यद्यपी विकिलिक्सका संस्थापक असान्जले अमेरिका विरुद्ध जासुसीको आरोप खण्डन गर्दै आउनुभएको छ । एएनआई

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार