Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • भारतद्वारा चिनियाँ परीक्षण किटको आयात बन्द

    भारतद्वारा चिनियाँ परीक्षण किटको आयात बन्द

    अनलाइन नेपाल
  • मंगलबार, १६ बैशाख २०७७
  • 1.9K
    SHARES

    दिल्ली। भारतले चीनबाट आयात गरिएको द्रुत टेस्ट किटलाई निषेध गर्दै यसको आयात बन्द गरेको छ ।

    भर्खरै राजस्थान र पश्चिम बंगालले किटको विश्वसनीयतामाथि प्रश्न उठाएको थियो I अब भारतीय मेडिकल रिसर्च काउन्सिल (आईसीएमआर),ले पनि यसको प्रयोग नगर्न सल्लाह दिएको छ ।



    चिनीया किटले राम्रोसँग कोरोनाको परीक्षण गर्न असफल भएपछि आईसीएमआरले त्यस्तो सल्लाह दिएको हो ।



    गुणस्तरीय किट उपलब्ध गराउने आश्वासन दिईएपनि दुई चिनियाँ कम्पनीहरुद्वारा आपूर्ति गरिएको किटहरुको प्रभावकारितामा “व्यापक भिन्नता” पाइएको छ I त्यसकारण सबै राज्यहरु र केन्द्र शासित प्रदेशहरुको मुख्य सचिवहरुसँगको कुराकानीमा आईसीएमआरले ती किट्सको प्रयोग रोक्न सुझाब दिएको हो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार