Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • रौतहटका थप दुई जनामा कोरोना पुष्टि, संक्रमित संख्या ५४ पुग्यो

    रौतहटका थप दुई जनामा कोरोना पुष्टि, संक्रमित संख्या ५४ पुग्यो

    अनलाइन नेपाल
  • मंगलबार, १६ बैशाख २०७७
  • 2.2K
    SHARES

    रौतहट। नेपालमा काेराेना भाइरस संक्रमितकाे संख्या ५४ पुगेकाे छ। मंगलबार रौतहटमा आज थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितकाे संख्या ५४ पुगेकाे स्वास्थ्य मन्त्रालयकाे स्राेतले बताएकाे छ।

    जिल्ला स्वास्थ्य कार्यालय, रौतहटका अनुसार स्वावृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिकाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । दुबैको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले बताए।



    वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए । जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो ।



    कोरोना संक्रमण पुष्टि भएपछि ती युवकको खोजी सुरु भएको छ ।त्यस्तै देवाही गोनाही १ का ३५ वर्षका पुरुष हाल क्वारेन्टाइनमै रहेका छन् । काठमाडौंबाट गत वैशाख १२ गते आएको चार जनाको टोलीले रौतहटको ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेर लगेको थियो । सोही स्वाबमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो । यसअघि रौतहटको इशनाथ नगरपालिकामा भेटिएका एक संक्रमित ठीक भएर वीरगञ्जबाट घर फर्किसकेका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार