Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • उपेन्द्रले स्वास्थ्यमन्त्री छँदा नर्सको सरुवामा लाखौं असुलेको सुरेन्द्रको खुलासा

    उपेन्द्रले स्वास्थ्यमन्त्री छँदा नर्सको सरुवामा लाखौं असुलेको सुरेन्द्रको खुलासा

    अनलाइन नेपाल
  • मंगलबार, १६ बैशाख २०७७
  • 6.6K
    SHARES

    काठमाडौं। कुनै समय उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा छँदा उपेन्द्र यादवले एभिन्यूज खबरको प्रश्नको सामना गर्न नसकेपछि स्टुडियोबाट बाहिरिएका थिए ।

    पत्रकारले यादवसँग  सरकारको भ्रष्टाचार र अनियमितताबारे प्रश्न राखेपछि जवाफ दिन अस्वीकार गरेर बाहिरिएका थिए । पदमा नभएको बेला अहिले उनी केपी ओलीको सरकारलाई भ्रष्टाचार बढाएको आरोप लगाएका छन्।



    नवगठित जनता समाजवादी पार्टीका नेता यादवले स्वास्थ्य तथा जनसंख्यामन्त्री छँदा नर्सहरुको सरुवामा समेत एक /दुई लाखका दरले पैशा असुल्ने गरेको कुरा स्वयम अपहरणमा परेका भनिएका सुरेन्द्र यादवले नै खुलासा गरेका छन्।



    सांसद महेश बस्नेतले एक अनलाइनलाई अन्तर्वाता दिंदा सुरेन्द्रसँग भएको कुराकानीबारे यसरी खुलाएका छन् – ‘सुरेन्द्रले स्वास्थ्यमन्त्री मागेका छन् भनेर उनकै पार्टीका नेता उमाशंकर अडगरियाले भनेका थिए । उनले हामीसँग सिधा भनेका होइनन् । उनकै पार्टीका मानिसले भनेका हुन् । समाजवादीका ११ जना सांसदमध्ये ३ जना ऊससँग छ, फुल स्वास्थ्यमन्त्री मागेको छ भनेर उमाशंकरले भनेका थिए ।

    उनले उपेन्द्रलाई के-के आरोप लगाए त्यो पनि भन्नुपर्ने अवस्था आयो । पार्टी प्रवेश गर्छु भनेपछि हामी ३ जना गएका हौँ ।

    सुरेन्द्र र उमाशंकरले हामीसँग त्यसबेला पनि हामी कम्युनिस्ट हौंँ भनेका थिए । उपेन्द्र कानुनमन्त्रीको शपथ खान गए । म अस्पताल हुँदा भेट्न पनि आएनन् । आफ्नो गर्लफ्रेण्डलाई सांसद बनायो । उपेन्द्रले मधेसीलाई हेपे ।

    मलाई मन्त्रीबाट हटाउँदा एक शब्द बोलेनन् । मेरो मान्छे नर्स हुँदा भनेको ठाउँमा सरुवा गरी दिएनन् । सरुवा गरे पनि एक/डेढ लाख पैसा खाएको छ ।

    उमाशंकरले माथि कुरा गरिदिनुहोला भनेकै हुन् । मैले हामीले दिने होइन, सकेसम्म पार्टीमा कुरा गरिदिउँला भनेकै हो ।’

    उपेन्द्रले नर्सको सरुवामा समेत पैसा असुलेको आरोप लगाउने सुरेन्द्र भने स्वास्थ्यमन्त्री बन्न नपाएपछि अपहरणको फन्दा मच्चाएर आफ्नो राजनीतिलाई सुरक्षित राख्न चाहन्छन्।

    त्यसो त पदका भोगी उपेन्द्र भारतमा रहेको बेला उपप्रधान तथा स्वास्थ्यमन्त्रीबाट बर्खास्तमा परेका थिए। उनी नेपाल आएपछि घटुवामा परेर पनि कानुन मन्त्री खान पछि परेनन्न। स्वास्थ्यमन्त्री छँदा उपेन्द्रले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गतको वीर अस्पतालमा मेडिकल उपकरण खरिदमा भएको करोडौ अनियमितता लुकाएका थिए।

    उपेन्द्रले न्यूरो सिटी उपकरण खरिदमा भएको अनियमितता लुकाउँदा करोडौ लाभ लिएको उनीमाथि आरोप लागेको थियो।

    हिमालयन मेडिटेक सप्लाई फर्मले १५ करोड ९५ लाखमा दिन तयार भएको न्यूरो सिटी उपकरण टेन्डर अस्वीकृत गरी उपेन्द्रकै दबाबमा बायोमेड इन्टरनेसनल सप्लाई फर्मसँग सार्वजनिक खरिद ऐन बिपरित २० करोड ४९ मा खरिद गरिएको थियो। जुन कुरा राष्ट्रिय सतर्कता केन्द्रको अनुसन्धानबाट पनि खुलिसकेको वीर अस्पतालका एक कर्मचारी वताउँछन् ।

    बायोमेड इन्टरनेसनलका चेतन अग्रवाल र उमेश अग्रवालले  उपेन्द्रलाई कमिशन मिलाएर कारवाहीबाट जोगिएको ती कर्मचारीको दाबी छ ।

     

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार