Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • भारतीयद्वारा सीमा सुरक्षामा खटिएका प्रहरी कुटिए

    भारतीयद्वारा सीमा सुरक्षामा खटिएका प्रहरी कुटिए

    अनलाइन नेपाल
  • मंगलबार, १६ बैशाख २०७७
  • 3.8K
    SHARES

    फाइल : तस्बिर

    कपिलवस्तु । नेपाल भारत सीमा  सेमरी नाकामा सीमा सुरक्षामा खटिएका दुईजना सुरक्षाकर्मीलाई  भारतीय नागरिकले कुटपिट गरेका छन्।

    मर्यादपुर प्रहरी चौकीबाट सेमरी सीमा नाकामा ड्युटी रहेका प्रहरी हवल्दार वशिष्ट यादव र प्रहरी जवान ईश्वर ज्ञवालीलाई सीमा नाका सँगैको भारतीय गाउँ पर्सौनाका भारतीयहरुले कुटपिट गरेका हुन्।



    भारतीय नागरिकले सीमा नाकाको करिब दुई सय मिटर दक्षिण गाउँतर्फ कुटपिट गरी लैजाँदै गर्दा नेपाली सुरक्षाकर्मी र भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले उद्धार गरेका हुन्।



    भारतीय गाउँलेको बाख्रा नेपालतर्फ आउँदा ड्युटीमा रहेका नेपाली सुरक्षाकर्मीबाट गाउँका एक जनाले पिटाई खाएको विषयलाई लिएर उनीहरुले ड्युटीमा रहेका दुईजना प्रहरीलाई अपहरण शैलीमा कुटपिट गर्दै भारततर्फ लगरेका थिए ।

    कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले सीमा क्षेत्र शिल गर्ने घोषणा सँगै जिल्लाका सीमा नाका पूर्ण रुपमा बन्द गरिएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार