Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • ‘संसारले त्यस समयमा नै विश्व स्वास्थ्य संगठनको भनाई ध्यानपूर्वक सुन्नुपर्दथ्यो’

    ‘संसारले त्यस समयमा नै विश्व स्वास्थ्य संगठनको भनाई ध्यानपूर्वक सुन्नुपर्दथ्यो’

    अनलाइन नेपाल
  • मंगलबार, १६ बैशाख २०७७
  • 2.2K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । कोरोना भाइरसको महामारी रोक्नमा लापरबाही गरेको आरोपपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा.टेड्रोस एनहानम गेहब्रेयससले बचाउ गरेका छन् ।

    डा.टेड्रेसले विश्वका सबै देशले ३० जनवरीमा सार्वजनिक स्वास्थ्यमा संकटकाल घोषणा गरेपछि त्यसबारे मूल्यांकन गर्न नसकेको बताए । उनले भने ‘त्यसबेलासम्म चीनभन्दा बाहिर जम्मा ८२ जना संक्रमित थिए र कसैको मृत्यु भएको थिएन ।’



    उनले भने, ‘संसारले त्यस समयमा नै विश्व स्वास्थ्य संगठनको भनाई ध्यानपूर्वक सुन्नुपर्दथ्यो ।’



    महानिर्देशक डा.टेड्रोसले भने, ‘हामीले त्यसबेला नै पुरै संसारलाई एक व्यापक सार्वजजिक स्वास्थ्य दृष्टिकोण अपनाउन र संक्रमित, उनीहरुको सम्पर्कमा आएका सबैलाई खोजेर परीक्षण गर्न, आइसोलेट गर्न आग्रह गरेका थियौं । तपाई आफैं हेर्न सक्नुहुन्छ जसले यसको पालना गरे, उनीहरु राम्रो अवस्थामा छन् । जसले गरेन ती देशमा अत्यधिक संक्रमित भएका छन् ।’

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई लिएर सही सल्लाह नदिएको भन्दै विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोग समेत रोक्ने निर्णय गरेका छन् । उनले डब्लुएचओले लापरबाही गरेको र कोरोना फैलिएको कुरा लुकाएको आरोप लगाउने गरेका छन् । एजेन्सी

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार