Online Nepal
  • मंगलबार, ३ असार २०८२
  • नेकपा सचिवालय बैठक बस्दै

    नेकपा सचिवालय बैठक बस्दै

    अनलाइन नेपाल
  • मंगलबार, १६ बैशाख २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चलिरहेको विवाद समाधानका लागि आज सचिवालय बैठक बस्ने भएको छ । सचिवालय सदस्य झलनाथ खनालका अनुसार सोमबार शीर्ष नेताहरूको बीचमा भएको छलफलबमोजिम आज सचिवालय बैठक बस्न लागेको हो ।

    खुमलटारमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको छलफलमा आफूले पार्टी तथा सरकारलाई चुस्त गतिमा सञ्चालन गर्न पार्टी बैठक अनिवार्य बोलाउनुपर्ने सुझाव दिएको भन्दै उनले मङ्गलबारका लागि सचिवालयको बैठक बोलाइएको जानकारी दिए ।



    केही दिनदेखि नेकपाभित्र एक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का प्रचण्डबीच बढेको मतभेद दुई पक्षका रूपमा चर्किएको छ । प्रचण्ड, माधव नेपाल, वामदेव गौतमलगायतका नेता एक पक्षमा देखिएका छन् भने ओलीलगायतका केही नेता अर्को पक्षमा ।

    प्रचण्ड–नेपाल–गौतमको गठबन्धन (भैँसेपाटी गठबन्धन) ओलीलाई कि अध्यक्षबाट वा प्रधानमन्त्रीबाट हटाएर माधव नेपाललाई प्रधानमन्त्री वा पार्टी अध्यक्ष बनाउने ‘चलखेल’मा लागेको ओली पक्षको आरोप छ भने प्रचण्ड–नेपाल पक्ष ओलीले प्रधानमन्त्री वा अध्यक्ष एक पदमा मात्र रहनुपर्ने माग गर्दै आएको छ ।

    सोमवार पनि प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच पार्टीभित्रका विवाद हल गर्न भन्दै बिहान ३ घन्टा बैठक गरेका थिए भने माधव नेपाल निवासमा ओली र नेपाल पक्षका नेताहरूबीच छलफल भएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार