Online Nepal
  • सोमबार, ९ असार २०८२
  • ट्रोलकी शिकार सुुष्मा

    ट्रोलकी शिकार सुुष्मा

    अनलाइन नेपाल
  • मंगलबार, १६ बैशाख २०७७
  • 2.5K
    SHARES

    काठमाडाैँ । लकडाउन’का बेला घरैमा थुुनिएका दर्शकहरू अहिले समय कटाउन अनेक क्रियाकलापमा व्यस्त छन् । पुरानो फोटोमा कमेन्ट गर्ने ट्रेन्ड त मौलाएकै थियो, अहिले आएर कलाकारका पुुराना अन्तर्वार्ताका भिडियो क्लिपहरू सेयर गर्ने क्रम पनि बढिरहेको छ । खासगरी अभिनेत्री सुुष्मा कार्की अहिले यसको ठूलो शिकार भइरहेकी छिन् ।

    अन्तर्वार्ताका क्रममा संयमता नअपनाउँदा सुुष्मा धेरैपल्ट चुुकेकी छिन् । जस्तो केही वर्षअघि एक अन्तर्वार्तामा अभिनेत्री पूूजा शर्माबारे जिज्ञासा राख्दा उनले ‘छयाछया भयो’ भन्दै हाँसेर उडाइदिएकी थिइन् । त्यस्तै अर्को एक भडियो वार्तामा गायिका मेलिना राईबारे सोधिएको प्रश्नमा उनले ‘मसँग क्लोज छैन, थाहा छैन मलाई मेलिना राई’ भन्दै जवाफ फर्काएकी थिइन् । यस्तो टिप्पणीका कारण उनी आलोचनाको पात्रसमेत बनिन् ।



    अहिले यी पुराना भिडियो क्लिपहरू सामाजिक सञ्जालमा भाइरलमा भइरहेका छन् । टिकटकमा बढी नै सेयर भइरहेका छन् । यही कारण सुुष्मा ट्रोलको शिकार भइरहेकी छिन् । ‘पूूजा शर्मा, मेलिना राई नचिन्ने, हु इज सुुष्मा कार्की’ भन्दै दर्शकहरूले टिकटक भिडियो बनाएर अपलोड गरिरहेका छन् । ट्रोल र टिकटकमार्फत आफ्नो बढी नै टिप्पणी भएपछि सुुष्मालाई समेत तनाव भएको छ ।

    उनले टिकटकमा भिडियोमार्फत पूजासँगको दुई तीन वर्षअघिको पुरानो भिडियो अहिले भाइरल गरेको भन्दै आपत्ति जनाएकी छिन् । ‘मिडियाले किन उचालेको यसरी ? किन दुुष्मनी गराइदिनुुहुुन्छ ? हामी त अहिले राम्ररी बोलिरहेका छौं,’ उनले गुुनासो गरेकी छिन् । यद्यपि मेलिनासँग जोडिएको ट्रोलबारे उनको कुुनै प्रतिक्रिया सुुनिएको छैन ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार