Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • एनआरएनएद्वारा ३० हजार बढीलाई राहत

    एनआरएनएद्वारा ३० हजार बढीलाई राहत

    अनलाइन नेपाल
  • सोमबार, १५ बैशाख २०७७
  • 2.6K
    SHARES

    काठमाडाैँ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिले ३० हजार बढीलाई राहत सामग्री उपलब्ध गराएको छ । एनआरएनएले राहत वितरण, स्वदेश फिर्ता र पुनःस्थापनाको कार्यक्रमलाई युद्धस्तरमा अघि सारेको जनाएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का महासचिव डा हेमराज शर्माका अनुसार ४१ देशमा १५० भन्दा बढी शहरमा ९ सय भन्दा बढी स्वयम् सेवक राहत वितरणका लागि खटिएका छन् ।

    सङ्घका राष्ट्रिय समिति र अन्तरराष्ट्रिय परिषद्ले स्थापना गरेको २४घण्टे हटलाइनबाट सात हजारभन्दा बढी नेपालीले परामर्श लिएको डा शर्माले जानकारी दिए । कूल ७० जना चिकित्सकले एक हजार २०० नेपालीलाई स्वास्थ्यसम्बन्धी परामर्श दिएका छन् । राष्ट्रिय समन्वय परिषद्ले झण्डै रु तीन करोड बराबरको राहत कोष स्थापना गरिसकेको छ ।



    कोषको रकम बढ्ने क्रममा छ । एनआरएनए कोरिया, चीन, मकाउ, हङकङ र युएईले रु दुई करोड बढीको स्वास्थ्य सामग्री नेपाल पठाएको एनआरएनएले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



    एनआरएनए अन्तरराष्ट्रिय समन्वय परिषद्ले रु पाँच करोडको राहत कोष लक्ष्यसहित बढाउने अभियान जारी राखेको सङ्घका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले जानकारी दिए । यसैगरी नियन्त्रित र सुरक्षित स्वदेश फिर्ताको रणनीतिक योजना बनाइ सरकारलाई उच्चस्तरीय समितिले ज्ञापन बुझाएको छ । पुनःस्थापना र स्वदेश फिर्ता भएका नेपालीमा कसरी पुनःस्थापन गर्न सकिन्छ, उनीहरुले बाहिर सिकेको ज्ञान र सीपलाई कसरी देश विकासमा सदुपयोग गर्न सकिन्छ भन्नेबारेकोे योजना तयारीकोे क्रममा रहेको छ ।

    एनआएनएका अनुसार शनिबारसम्म मृत्यु हुने गैरआवासीय नेपालीको सङ्ख्या ४९ पुगेको छ, जसमा बेलायतमा ३३, अमेरिका १०, युएई २, आयरल्याण्ड १, जापान १, टर्की १ र नेदरल्याण्डमा १ जनाको ज्यान गएको छ । झण्डै दुई हजार जना कोरोना सक्रमित भएका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार