Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • रुख काट्दै गर्दा पक्राउ

    रुख काट्दै गर्दा पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १५ बैशाख २०७७
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडाैँ । कोभिड–१९ को जोखिम हुन दिन बन्दाबन्दी जारी रहदा डिभिजन वन कार्यालयले तिनकोसे जङ्गलमा रुख काट्दै गरेका अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा जिल्लाको बर्दिवास नगरपालिकाअन्तर्गत पर्ने माइस्थान चेरुका ४५ वर्षीय झोकिलाल लामा रहेको सो कार्यालयका प्रमुख हेमन्त साहले जानकारी दिनुभयो

    तिनेकोसे झाडीअन्तर्गत पानी खोल्सी प्राकृतिक वन क्षेत्रमा सालको रुख काट्दै गरेका लामालाई सहायक वन अधिकृत ओमविक्रम खड्काको नेतृत्वमा खटिगएको सशस्त्र वन सुरक्षाकर्मीसहितको टोलीले आज नियन्त्रणमा लिएको हो ।



    पक्राउ परेका लामालाई सशस्त्र वन सुरक्षा शाखा माइस्थानको हिरासतमा राखी वन ऐन २०७६ अनुसार मुद्दा चलाउने तयारी भइरहेको प्रमुख साहले बताउनुभयो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार