Online Nepal
  • सोमबार, ९ असार २०८२
  • खाद्यान्न लिन जाँदै गरेको ट्याक्टर पल्टियो, चालकको मृत्यु

    खाद्यान्न लिन जाँदै गरेको ट्याक्टर पल्टियो, चालकको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १५ बैशाख २०७७
  • 1.8K
    SHARES

    फाइल : तस्बिर

    ताप्लेजुङ । ताप्लेजुङको श्रीजंगा गाउँपालिका–२ मा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

    सोमबार बिहान खादिम्बेतर्फ खाद्यान्न लिन जाँदै गरेको जनमेजय निर्माण सेवा प्रालिको प्रदेश १–०१–००१ त ८२४८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकदेखि १०० मिटर तल खस्दा ट्याक्टर चालककाे ज्यान गएकाे छ।



    पाँचथरको हिलिहाङ गाउँपालिकाका २२ बर्षीय चालक निर्मल लामिछानेको घटनास्थलमा नै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

    दुर्घटनामा परी घाइतेका भएका ट्याक्टरका सह–चालक स्थानीय १९ बर्षीय रुद्र पौडेललाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार