Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • पूर्वसचिव उपाध्यायलाई धरौटीमा छाड्न आदेश

    पूर्वसचिव उपाध्यायलाई धरौटीमा छाड्न आदेश

    अनलाइन नेपाल
  • सोमबार, १५ बैशाख २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । साइबर क्राइमकाे आरोपमा पक्राउ परेका पूर्वसचिव भीम उपाध्यायलाई धरौटीमा छाड्न आदेश दिइएको छ । जिल्ला अदालत काठमाडौंले २५ हजार धरौटीमा छाड्न आदेश दिइएको हाे ।

    उनीविरुद्ध दायर साइबर क्राइमसम्बन्धी मुद्दामा सोमबार थुनछेक बहसपछि यस्तो आदेश दिइएकाे अदालतका स्रेस्तेदार आननद श्रेष्ठले बताए । उनका अनुसार न्यायाधीश भरतमणी खनालको इजलाशले थुनछेक बहसपछि उपाध्यायलाई धरौटीमा छाड्न आदेश गरेको हो ।



    प्रधानमन्त्रीलगायत अन्य संस्थाविरुद्ध गाली गरेको आरोपमा पक्राउ परेका पूर्वसचिव भीम उपाध्यायविरुद्ध साइबर अपराधमा मुद्दा चलाइएको थियो । उपाध्यायविरुद्ध आइतबार विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दायर गरिएको थियो । यस मुद्दामा दोषी ठहरिए पाँच वर्षसम्म कैद सजाय हुने कानुनी प्रावधान छ ।



    अदालतको आदेशपछि उपाध्याय २५ हजार धरौटी बुझाएका प्रहरी हिरासतबाट आजै रिहा हुने भएका छन् । साइबर ब्युरोका एसएसपी नवीन्द्र अर्यालले उपाध्यायविरुद्ध विभिन्न ३ ठाउँबाट उजुरी आएपछि अदालतबाट पक्राउ पुर्जी लिएर ललितपुरको कुसुन्तिस्थित निवासबाट नियन्त्रणमा लिएको बताएका थिए । गत बुधबार पक्राउ परेका उपाध्यायलाई यसअघि न्यायाधीश ब्रजेश प्याकुरेलको इजलाशले ३ दिन हिरासतमा राख्‍न अनुमति दिएको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार