Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • प्रचण्डलाई एकल्याउन ओली-नेपालबीच बालुवाटारमा वार्ता

    प्रचण्डलाई एकल्याउन ओली-नेपालबीच बालुवाटारमा वार्ता

    अनलाइन नेपाल
  • सोमबार, १५ बैशाख २०७७
  • 2.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार बिहान भेटवार्ता भएको छ।

    स्राेतका अनुसार याे भेटवार्ता नेकपाका अर्का अध्यक्ष प्रचण्डलाइ एकल्याउन महत्वपूर्ण भूमिका खेल्ने वताइएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच झन्डै पौने घन्टा एक्लाएक्लै कुराकानी भएको बालुवाटार स्रोतले पुष्टि गरेको छ।



    पछिल्लाे राजनीतिक घटना क्रम तथा अध्यादेश प्रकरणपछि अप्ठ्यारोमा परेका प्रधानमन्त्री ओलीले पार्टीका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई मिलेर जान प्रस्ताव गरे लगत्तै याे भेटवार्ता जुराएका हुन्।



    स्थायी कमिटीका बहुमतभन्दा बढी सदस्यले प्रधानमन्त्री ओलीका पछिल्ला कदममाथि प्रश्न उठाउँदै बैठक माग गरेपछि प्रधानमन्त्री अप्ठ्यारोमा परेपछि नेता नेपाललाइ आफ्नो पक्षमा ल्याउन एक्लाएक्लै भेटवर्टा गरेका हुन्।

    पछिल्लो समय नेकपाभित्रको राजनीति निकै तरल बनेको छ।ओली सरकारले राजनीतिक दल फुटाउन खुकुलो प्रावधानसहित दुई वटा अध्यादेश ल्याएपछि नेकपाभित्र चलिरहेको अन्तरसंघर्ष सतहमा देखिएको हो। सचिवालयका ९ मध्ये ६ जना सदस्यले अध्यादेश फिर्ता लिन भनेका थिए।

    अहिले नेपाल र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूह एकातिर छन् भने ओली अर्कातिर भएका छन्। प्रचण्ड-नेपाल समूह आफूलाई सत्ताबाट हटाएर अघि जान लागेको भन्दै प्रधानमन्त्री ओलीले मिलेर अघि बढ्नु पर्ने बताएका छन्। दुबै समूहका विभिन्न नेताहरूले विभिन्न तहमा भेटघाट र छलफललाई तीव्रता दिएका छन्।

    आइतबार बिहान स्थायी कमिटी सदस्य एवं प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेल दुई अध्यक्ष मिल्नुपर्ने प्रस्ताव लिएर दाहाललाई भेट्न खुमलटार पुगेका थिए।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार