Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • इटालीमा लकडाउन खुकुलो पारिने

    इटालीमा लकडाउन खुकुलो पारिने

    अनलाइन नेपाल
  • सोमबार, १५ बैशाख २०७७
  • 1.8K
    SHARES

    रोम : कोरोना भाइरस (कोभिड–१९) संक्रमण लगातार न्यून हुँदै गएपछि इटालीमा लकडाउन खुकुलो पारिने भएको छ। प्रधानमन्त्री जुजेपे कोन्टेले मे ४ देखि लकडाउन खुकुलो पारिने बताएका हुन्।

    नागरिकलाई आफ्ना आफन्त भेट्न दिइने र केही पार्कहरू समेत खोलिने बताइएको छ। बीबीसीमा प्रकाशित समाचारअनुसार आफन्त भेट्न जाँदा अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने छ।लकडाउन खुकुलो बनाइए पनि विद्यालयहरू भने सेप्टेम्बरभन्दा यता नखुल्ने बताइएको छ।



    इटालीमा आइतबार थप २६० जनाले ज्यान गुमाएका छन्। यो संख्या मार्च १४ पछिको सबभन्दा न्यून हो। यससँगै इटालीमा कोरोनाबाट मर्नेको संख्या २६ हजार ६४४ पुगेको छ। यो संख्या युरोपियन मुलुकमध्ये सबभन्दा बढी हो।



    यसैगरी १ लाख ९७ हजार ६७५ मा कोरोना संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये ६४ हजार ९२८ निको भइसकेका छन्। एजेन्सी

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार