Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ५५ हजार नाघ्यो

    अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ५५ हजार नाघ्यो

    अनलाइन नेपाल
  • सोमबार, १५ बैशाख २०७७
  • 1.5K
    SHARES

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या २ लाख ६ हजार नाघेको छ । विश्वका २१३ देशमा फैलिएको करोना संक्रमणका सोमबार बिहानसम्म ज्यान गुमाउनेको संख्या २ लाख ६ हजार ९१० पुगेको छ ।

    तथ्यांक अनुसार सबैभन्दा धेरै अमेरिकामा ५५ हजार ४११ जनाको कोरोनाका कारण ज्यान गएको छ । इटलीमा २६ हजार ६४४, स्पेनमा २३ हजार १९०, फ्रान्समा २२ हजार ८५६ तथा बेलायतमा २० हजार ७३२ कोरोना संक्रमितको मृत्यु भएको छ ।



    हाल विश्वभर १९ लाख ८७ हजार भन्दौ धेरै कोरोना संक्रमितको उपचार भइरहेको छ भने यसमध्ये ५७ हजार ६०० को अवस्था गम्भीर रहेको छ ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन्



    यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार